प्याराग्लाइडिङ व्यवसायी र पाइलट भन्छन्ः हामी सुध्रेनौं, त्यसैले विस्थापित हुने अवस्था आयो

प्याराग्लाइडिङका पाइलट र व्यवसायीका अनुसार यो क्षेत्रमा बग्रेल्ती समस्या थिए। तिनै समस्या बेलैमा समाधान नहुँदा पोखराको आकाशबाट सधैंका लागि बाहिरिनुपर्ने अवस्था आउन थालेको उनीहरुको स्वीकारोक्ति छ। पछिल्लो दुई वर्ष मिलेर काम गर्न सकेको भए नियमनकारी निकाय पन...

सम्बन्धित सामग्री

नवलपुरमा व्यापार व्यवसायी पलायन बढ्दो

नवलपुरमा आर्थिक मन्दीका कारण यतिबेला सफल व्यवसायी पनि विस्थापित तथा पलायन हुने अवस्था बढ्दो रहेको छ ।

आर्थिक मन्दीको असर : काम छोडेर विदेश पलायन हुँदै उद्योगी-व्यवसायी

चितवन । कोरानाको असरका कारण आर्थिक मन्दी चुलिैदै गएपछि चितवनका उद्योगी व्यवसायी पलायन हुंँदै गएका छन । पछिल्ला समय बैंकको व्याज, विभिन्न कर, भाडा  लगायत चालु खर्च धान्न नसकिएपछि कतिपय उद्योगी व्यवसायी विदेश पलायन भएका छन त कतिपयले व्यवसायनै छाडेर विकल्पको खोजीमा छन । उत्पादन अनुसार बजारमा उपभोग्य सामानको समेत माग नहुँदा उद्योगहरु समेत पूर्ण क्षमतामा चल्न सकेका छैनन । चितवनमा बिशेषगरी पोल्ट्री, निर्माणजन्य सामाग्रीका उद्योग एवं फेन्सी पसलमा यसको बढी असर परेको व्यवसायी बताउंँछन ।  कोरानापछि अधिकांश व्यवसाय धराशायी बन्दै गएपछि व्यवसाय छाड्ने र विदेश पलायन हुने क्रम बढेको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बताउंँछन । ‘उद्योगी व्यवसायले आश गर्दा गर्दा व्यवसायमा कुनै प्रगति भएन , जसले गर्दा कतिपयले बाटोनै बदले ।’ श्रेष्ठले भने ।  बैंकको व्याज, दोहोरो तेहेरो कर, भाडा र चालु खर्च धान्न नसकेपछि व्यवसायनै छोडेर उनीहरु अमेरिका , अष्ट्रेलिया क्यानलडा पलायन हुने गरेको उनले बताए । ‘राम्रै ८, १० जना व्यवसायी विदेश पलायन भएका छन । कतिपय जाने क्रममा छन । आर्थिक मन्दीमा सुधार भएन भने थप व्यवसायीहरु पलायन हुनेछन ।’ उनले भने ।  आर्थिक मन्दीपछि आम उपभोक्तासंँग क्रयशक्तिनै कमजोर हुंँदा यस्तो अवस्था आएको उनको भनाई छ । ‘एकातिर आर्थिक गतिविधि सुस्त छ , अर्कोतिर सरकारको नीति व्यवसायी मैत्री छैन । सरकारले सबै भार हामी नीजि क्षेत्रलाई नै थोपरेको छ ।’ उनले भने, । हालै सरकारले न्यूनतम पारिश्रमिक समेत बढाएकोले उद्योग व्यवसायीमा थप निराशा उत्पन्न भएको उनको भनाई छ ।  महिनौं दिनसम्म व्यवसाय घाटामा चलेको  र विकल्पको रुपमा अन्य व्यवसायमा समेत भविष्य नदेखेपछि बाध्यताले व्यवसायी विदेश पलायन हुन लागेका हुन् । चितवनमा सबैभन्दा बढी विस्थापित र पलायन पोल्ट्री र निर्माणजन्य उद्योगका व्यवसायीहरु पलायन भएका हुन् ।  चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल केही महिनादेखि उद्योगी व्यवसायीहरु विदेश पलायन भएको  र केही व्यवसायीहरुले विकल्प रोजेको बताउंँछन । उनका अनुसार आर्थिक मन्दीको सबैभन्दा बढी असर पोल्ट्रीमा छ अर्को निर्माण सामाग्री उद्योग र निर्माण कम्पनीलाई छ । ।  हाल यी क्षेत्रका उद्योग व्यवसाय ३० देखि ५० प्रतिशत क्षमतामा मात्र चलेको उनको भनाई छ ।  उद्योगमा आवश्यक पर्ने दक्ष युवाशक्ति विदेशिनु, उपभोक्तासंँग क्रय क्षमतामा ह्रास आउनु र बैंक व्याज एकल विन्दुमा नआउनुले पनि उद्योग व्यवसायी पलायन हुनु परेको उनको भनाई छ । ‘अबको तीन बर्षसम्म उद्योगीलाई निकै गाह्रो नै हुने अबस्था देखेको छु पौडेलले भने यो समयमा जो टिक्छ उ पछि चाहिंँ राम्रैसंँग स्थापित हुन्छ ।’ पौडेलले भने ।  उद्योगी तथा थोक व्यवसायीमा मात्र नभई आर्थिक मन्दीको असर खुद्रा तथा साना व्यवसायीमा समेत परेको छ ।  बाह्रैमासे भीड हुने पसल, दोकान , सडकहरु पनि हिजोहाज सुनसान जस्तै देखिन्छन ।  फेन्सी पसल, सुनचांँदी पसल र खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति न्यून छ ।  चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टाराई नेपाली उद्योग व्यवसायी नेपाल छाडेर विदेशमा गएर व्यापार व्यवसाय शुरु गर्न थालेको बताउंँछन । ‘यहांँ आशा र संभावना कम भयो । व्यवसायले सफलता पाउंँछ भन्ने कुनै ग्यारेन्टी पनि छैन । त्यसैले बाध्यताले पनि विदेश जान थाले ।’ भट्टराईले भने । सञ्चालनमा रहेका उद्योग व्यवसाय पनि छाड्ने कि निरन्तरता दिने भन्ने अन्योलमा अधिकांश व्यवसायी रहेको उनले बताए । ’व्यवसाय छाडौं के गर्ने विकल्प छैन , तत्काल छाड्न पनि मिल्दैन , नछाडौं दैनिक घाटामा जानु परेको अवस्था छ ।’ उनले भने ।  अबको केही बर्ष नेपालमा कुनै पनि उद्योग व्यवसायको भविष्य नदेखेकाले पनि उद्योगी व्यवसायी विदेश पलायन हुनुपरेको उनको भनाई छ ।

सरकारले तत्काल पीपीए खुला नगरे निजी क्षेत्र विस्थापित हुन सक्छ : ढकाल

२२ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल विद्युत खरिद सम्झौता (पीपीए) खुला नगरे निजी क्षेत्र विस्थापित हुने अवस्था आउनसक्ने बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले १५ सय मेगावटसम्मको जलविद्युत आयोजनालाई पीपीए दिने निर्णय […]

तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुन सक्छः चन्द्रप्रसाद ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुने अवस्था आउनसक्ने बताएका छन्। नेपाल विद्युतीय व्यवसायी महासंघले बिहीवार आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले १५ सय मेगावाटसम्मको जलविद्युत् आयोजनालाई पिपिए दिने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको बताए। उनले […]

तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुन सक्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुने अवस्था आउन सक्ने बताउनुभएको छ । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले १५ सय मेगावट सम्मको जलविद्युत आयोजनालाई पिपिए दिने निर्णय गरेर पनि कार्यान्वयन […]

कोरोना कहरमा पर्यटन मजदूर : दक्ष जनशक्ति विस्थापित

धरान । कोरोनाका कारण २ वर्षदेखि पर्यटन व्यवसाय शिथिल बन्दा त्यसको मार यस क्षेत्रका मजदूरमा समेत परेको छ । कोरोनाका कारण पर्यटन व्यवसाय सामान्य अवस्थामा फर्किन नसक्दा अधिकांश मजदूर अन्य पेशामा लागेका छन् । कोरोनाको जोखिम केही सामान्य हुँदै गएपछि सरकारले पर्यटन व्यवसायलाई लक्षित गर्दै केही राहतका प्याकेज ल्याए पनि पर्यटन मजदूरको पहिचान हुन नसक्दा उनीहरूले अहिलेसम्म त्यसको लाभ पाएका छैनन् । कोरोना कहरले जोखिममा परेका अन्य व्यवसायका मजदूरलाई राहत प्याकेजको व्यवस्था गरिए पनि पर्यटन मजदूरलाई भने कुनै व्यवस्था नगरिएको व्यवसायीको गुनासो छ । पर्यटन व्यवसाय अन्तर्गत होटल, ट्राभल्स, ट्रेकिङ लगायत क्षेत्रमा काम गर्ने मजदूर विस्थापित हुन पुगेका छन् । ठूला व्यवसायमा मजदूर कार्यरत भए पनि साना व्यवसायका मजदूर भने विस्थापित भएका हुन् । कामविहीन हुँदा पेशा नै परिवर्तन गर्नुपरेको उनीहरूको भनाइ छ । कोरोनाकालमा २ वर्षसम्म कामविहीन हुनुपर्दा दक्ष जनशक्ति पेशा परिवर्तन गर्न बाध्य बनेको नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर १ का पर्यटन शाखा संयोजक भवीशकुमार श्रेष्ठले बताए । उनका अनुसार पर्यटन व्यवसायका ३० हजार मजदूर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५० हजार मजदूर प्रभावित बनेका छन् । ‘ठूला होटल, ट्राभल्स, ट्रेकिङमा कार्यरत मजदूर ५–६ महीनापछि नै काममा फर्के, तर साना व्यवसायमा काम गर्ने मजदूर विस्थापित भए ।’ धेरै मजदूर कामविहीन भएर अन्यत्र पलायन हुादा अहिले जनशक्ति तयार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । कोरोना जोखिमको समयमा सरकारले नीतिगत रूपमा केही सहयोग नगरेको होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । कोरोनाको समयमा व्यवसायी आफैले मजदूरको व्यवस्थापन गर्नुपरेको उनको भनाइ छ । सरकारले नीति बनाएर पर्यटन मजदूरलाई राहतको व्यवस्थापन गरिदिनुपर्नेमा उनले जोड दिए । ‘सरकारले अनुदान, छूटको सुविधा पनि ल्याएन, अन्य क्षेत्रका मजदूरलाई दिए जस्तो पर्यटन व्यवसायमा अवधारणा ल्याउनुपर्छ,’ उनले भने । विस्थापित जनशक्तिलाई पुनः काममा फर्काउने अवस्था सृजना हुनुपर्ने महासंघका प्रदेश नम्बर १ पर्यटन संयोजक श्रेष्ठले बताए । ‘हामी व्यवसायीले भनिरहेका छौं, तर सरकारले कुनै पनि योजनाको काम गरिरहेको छैन,’ उनले भने, ‘हामीले आफैले तालिम दिने काम गरिरहेका छौं ।

निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन ठमेलका व्यवसायीको माग

काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन् । कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पु¥याएको छ । रात्रिकालीन व्यवसाय ठप्प प्रायः छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै व्यव

ठूला माछाले साना माछालाई खानु भएन : निर्माण व्यवसायी

साना निर्माण व्यवसायीले ठूला व्यवसायीका कारण आफू व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आएको गुनासो पोखेका छन्। ठूला