कर्णाली प्रदेशमा करिब ३० हजार मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । सरकारले आगामी ४ मंसिर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको छ । कर्णालीका १० वटै जिल्लामा गरी करिब ३० हजार नयाँ मतदाता थपिएका हुन् ।प्रदेशमा ३० वैशाख ०७९ भएको स्थानीय तहको निर्वाचनमा नौ लाख आठ हजार ६ सय ३१ जना मतदाता थियो । निर्वाचन आयोगका अनुसार तीमध्ये महिला मतदाता चार लाख ४९ हजार ३० रहदा पुरुष मतदाता चार लाख ५९ हजार ६ सय एक थिए । गत निर्वाचनयता कर्णालीका सबै जिल्लामा मतदाताको संख्या उल्लेख्य रूपमा बढेको