काठमाण्डाै – अमेरिकाले पाकिस्तान र चीनसहितका १० वटा देशलाई 'रेड लिस्ट' अर्थात् खतराको सूचीमा राखेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले धार्मिक स्वतन्त्रताको उल्लङ्घन गरेको भन्दै कन्ट्रिज अफ पार्टिकुलर कन्सर्न (सीपीसी) को सूची सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
अमेरिकाले पाकिस्तान, चीन, इरान, रुस, साउदी अरब, एरिट्रिया, ताजकिस्तान, तुर्केमेनिस्तान र बर्मालाई खतराको सूचीमा समावेश गरेको छ । तर राष्ट्रपति जो बाइडेन प्रशासनले भारतलाई भने खतराको सूचीमा राखेको छैन । धार्मिक स्वतन्त्रताको आकलन गर्ने एक आय...