काठमाडौं, असार २० । धार्मिक स्वतन्त्रता तथा आस्थाको सम्बन्धमा गत आइतबार नेपालका विभिन्न धर्मका प्रतिनिधिहरुको बृहत अन्तरक्रिया भएको छ । ‘एड्भोकेट्स फर द नेसन’ र ‘ह्याण्डोङ ग्लोबल युनिभर्सिटी दक्षिण कोरिया’को आयोजनामा ‘नेपालमा धार्मिक स्वतन्त्रता तथा आस्थामा कानुन, नीति र अभ्यास’ विषयक अन्तरक्रिया भएको हो ।