डडेल्धुरा : डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर मेलाको तयारी पूरा भएको छ।आज (बिहीबार) राति रतेडी र दोस्रो दिन भोलि दिउसेडी मेला हुन्छ।स्थानीय भाषामा ‘देहिजाँत’ले परिचित सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यता मेला लाग्छ।हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) र