गत आइतबार दुईतिहाइभन्दा बढी मतले विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई शुक्रबारभित्र पूर्णता दिन गृहकार्य थालेका छन्।
प्रतिनिधिसभाबाट विश्वासको मत लिई राष्ट्रियसभा अध्यक्ष र राष्ट्रपति निर्वाचन सम्पन्न गरेपछि मात्रै सरकारलाई पूर्णता दिने योजनाअनुसार प्रधानमन्त्री ओलीले शुक्रबारभित्र सरकारलाई पूर्णता दिने गरी छलफल अगाडि बढाएका हुन्।