श्रीलङ्कामा देशव्यापी कर्फ्यु : राष्ट्रपतिको राजीनामा अझै आएन, सिंगापुरबाट राजपक्षे लिन माल्दिभ्स पुग्यो निजी विमान

श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी कर्फ्यु घोषणा गरेका छन्। बुधवार कार्यवाहक राष्ट्रपतिमा भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन। निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन्। बुधवार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग…

सम्बन्धित सामग्री

श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग

कोलम्बो – श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका […]

श्रीलङ्कामा सङ्कटकाल घोषणा

काठमाडौँ । श्रीलङ्कामा राजनीतिक अस्थिरता र अराजकताकाबीच प्रधानमन्त्रीले सङ्कटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् । प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यु लगाइएको छ । यसैबिच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर मालदिभ्स गएका छन् । उनले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकारको […]

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा

श्रीलंकामा केही समययता सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ। यहाँको आर्थिक संकटका कारण मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र पदबाट राजीनामा दिएका...

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः   श्रीलंकाली प्रधानमन्त्रीद्वारा राजीनामा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिएको जनाएको हो । प्रदर्शनकारीको दुई समूहबीच झडप भएसँगै टापुभर कर्फ्यु जारी गरिएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । यसअघि गत शुक्रबार राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना भाइ महिन्दाले राजीनामा दिने […]

झडपपछि कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका र  सरकार समर्थकबीच झडप भएपछि प्रहरीले सोमबार कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।समाचार एजेन्सी एएफपीले झडपमा कम्तीमा २० जना घाइते भएको जनाएको छ। एएफपीका अनुसार अप्रिल ९ देखि राष्ट्रपतिको कार्यालयबाहिर शिविरमा बसेका निशस्त्र प्रदर्शनकारीहरूलाई लाठीलगायत प्रयाेग गरेर राजापाक्षे समर्थकहरूले आक्रमण गरेका थिए ।सरकार विरोधी प्रदर्शनकारीहरूले बनाएको टेन्ट र अन्य संरचनाहरू भत्काउन प्रहरीको लाइन तोड्ने सरकार स

श्रीलङ्कामा आर्थिक सङ्कट : सबै २६ मन्त्रीको सामूहिक राजीनामा

चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएका बीबीसीले जनाएको छ । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् । श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । विदेशी मुद्राको अभाव...

श्रीलङ्कामा राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिए

काठमाडौँ । चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। भारतीय समाचार पत्र द हिन्दुका अनुसार सङ्कटकाल घोषणा भएपछि लगाइएको कर्फ्यु र त्यसका बाबजुद आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। केही मन्त्रीले आफूले राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्। […]