कैलालीमा बालुवा बोकेको ट्याक्टरमा लुकाई छिपाई लगेको अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ । शुक्रबार अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–७ गैडास्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्याक्टरबाट सो काठ बरामद गरेको हो ।गोदावरी नगरपालिका–७ बस्ने २६ वर्षीय हर्क कुमालले चलाएको से १ त ८८६७ नम्बरको ट्याक्टरमा बालुवाभित्र ५५ थान सालको काठ फेला पारी ट्याक्टर र चालकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद काठसहित ट