दशैं व्यापार प्रवर्धन मेला आइतबारदेखि

४ भदौ,  काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौं दशैं जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले […]

सम्बन्धित सामग्री

वीरगञ्जको सडकमा दशैं मेला, जिलेबी मुख्य आकर्षण

१६ असोज, वीरगञ्ज । वीरगञ्ज–२२ जगरनाथपुरका कृष्णमोहन साह तीन दिनदेखि वीरगञ्जको दशैं मेलामा जिलेबी बेचिरहेका छन् । पहिला र दोस्रो दिन क्रमशः ६ हजार र ७ हजारको मात्रै व्यापार गरेका उनले तेस्रो दिन १२ हजारको कारोबार गरेको बताए । आगामी दिनमा अझै बढी कारोबार गर्ने उनको लक्ष्य छ । खाली सीसी बोतल खरिद बिक्री गर्ने […]

महँगीको मारमा दशैं

१५ असोज, मलेखु । हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दशैं । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडक भडक छैन । यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ […]

शहरलाई लाग्यो दशैं (फोटोफिचर)

यो वर्ष दशैं नजिकिंदा पनि राम्रो ब्यापार नभएको भन्दै व्यापारीहरु चिन्तित छन् । तर, घटस्थापनाको दिनदेखि बजारहरुमा ग्राहकको उपस्थिति बाक्लो भएको छ । यसले शहरमा दशैं गज्जबसँग लागेको महसुस गराउँछ ।

दशैं आयो तर न्युरोडका व्यापारी भन्छन्, ‘व्यापार छैन’

काठमाडौं । दशैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । नेपालीहरुको महान चाड बडा दशैंको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शून्य प्रायः छन् । केही चहलपहल त छ तर सोचेअनुसारको चहलपहल […]

आजदेखि सुरू भयो दशैं लक्षित सुपथ मूल्य पसल

आजदेखि सरकारले दशैं तिहारका लागि सुपथ मूल्य पसल सुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि दशैं लक्षित सुपथ मूल्य पसल सुरू गरेको हो । व्यापार कम्पनीले आजदेखि देशका ४१ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । कम्पनीका निर्देशक श्रीमणी खनालले काठमाडौं उपत्यकामा ४ स्थानमा पसल राखेको जानकारी दिए ।ती पसलहरूमा चामल, दाल, तेल, चिउरा, गेडागुडी, खाना पकाउने एलपीजी ग्यास र इण्डक्सन चुलो लगायतका वस्तु बिक्रीमा राखिएको छ । यस्तै, उपत्यका बाहिरका पसलहरूमा

दशैं सहुलियत पसल : खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ ।

दशैं-तिहारका लागि भन्सार छुटमा ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी

५ भदौ‌, काठमाडौं । सरकारले भन्सार छुटमा दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी गरेको छ । पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ‘खाद्यलाई १० हजार मेट्रिकटन र साल्टलाई ४० हजार […]

सुस्तायो खसीबोकाको व्यापार, लगानीनै डुबेको व्यवसायीको गुनासो

मिरा बस्नेतकाठमाडौं, असोज २८ । नेपालको सबभन्दा ठूलो चाड दशैं सुरुभएसँगै काठमाडौं उपत्यकामा पनि दशैंकै लागि खसीबोका किन्नेहरुको निकै चहलपहल हुन्छ । दशैंको समयमा भ्याई नभ्याई हुने व्यापारिहरु यो वर्ष विगतका वर्षहरुमा भन्दा फुर्सदीला देखिन्थे । गत वर्षको तुलनामा यस वर्ष खसी बोकाको व्यापार सुस्ताएका व्यापारीको गुनासो छ । दशैं भन्ने बितिक्कै मानसपटलमा नयाँ कपडा […]

लाग्यो दशैं : बसपार्कमा घर जानेको भीड, भाडा बढेकोमा यात्रुको गुनासो

नयाँ बसपार्क वरपर जाँदा साँच्चै दशैं भित्रिएको भान हुन्छ । सबैलाई हतारो छ । व्यापारी व्यापार, गाडीवाला यात्रु र यात्रु चाहिँ घर पुग्ने चटारोमा छन् । नयाँ बसपार्क कुम्भमेला जस्तै लाग्छ ।

असोज १ देखि देशभर दशैं लक्षित ८१ वटा सहुलियत पसल सञ्चालन हुने

२३ भदौ, काठमाडौं । सरकारले असोज १ गतेदेखि देशभर दशैं लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत देशभर ८१ वटा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी असोज १ गतेबाट काठमाडौं उपत्यकासहितका […]