काठमाडौँ । संवैधानिक इजलासले सांसदहरूबाट स्वतन्त्र विवेक प्रयोग गर्दैमा निर्दलीयता जन्मन्छ भनेर भन्न नमिल्ने प्रस्ट पारेको छ । संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा पुनर्स्थापित हुने फैसला गर्दै संविधानको धारा ७६ को उपधारा ५ को व्याख्यासमेत गरेको छ ।संविधान र कानुनमा सांसदहरूले स्वतन्त्र हैसियतमा मतदान गर्ने, प्रस्ताव राख्ने कतिपय प्रावधान रहेकोतर्फ पनि इजलासले ध्यानाकर्षण गराएको छ । इजलासले फैसलामा भनेको छ, ‘संविधानको धारा १०० को उपधारा ९४० तथा धारा १०१ का व्यवस्थाहरूले पन