सांघाइमा घटे कोरोना भाइरसका सङ्क्रमित

चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरूले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र सङ्क्रमण देखिएको बताएका छन् ।अधिकारीहरूले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय सङ्क्रमित भने रहेका बताएका छन् । यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना सङ्क्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो । यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका सङ्क्रमितहरू घट्दै गएको बताएका हुन् ।

सम्बन्धित सामग्री

तेह्र जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६९३ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७६ रहेको छ ।  पछिल्लो समय थप २५ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४२४ पुग

१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६८४ पुगेको छ । एन्टिजेन परीक्षण …

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै

भारतमा पछिल्लो २४ घण्टामा ११५० जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ। यो संख्या पछिल्लो दिनको तुलनामा १७ प्रतिशतले बढि हो। यस्तै कोरोना भाइरस संक्रमणपछि ४ जनाको मृत्यु भएको छ। अहिले भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ४ करोड ३० लाख पुगको छ।

भारतमा कोरोना भाइरस संक्रमितका संख्या बढ्दै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन्। शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ। हाल भारतमा […]

‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मर्स-कोरोना भाइरस’ !

कोरोना भाइरसको ‘सार्स-कोभ-२’ ले विश्राम लिँदै गरेको छ । ‘सार्स-कोभ-२‘ को तीन लहरले नेपालमा मानवीय क्षति तथा मानसिक रूपमा ठुलो प्रभाव पारेको थियो । तर कोरोना भाइरसका प्रजातिहरू मध्य ‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) कोरोना भाइरस’ लाई सबैभन्दा घातक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० सङ्क्रमितहरू मध्य झन्डै ३ देखि ४ जनासम्मको मृत्यु हुने गर्दछ । नेपालीहरू वैदेशिक रोजगारको सिलसिलामा सबै

दक्षिण अफ्रिकामा नयाँ स्वरुपको कोरोना भाइरस भेटियो

काठमाण्डाै - दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् । यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका छन् । स्वास्थ्य मन्त्री जो फाहल्लाले अनुसार नयाँ स्वरूपको कोरोना भाइरस भेटिनु चिन्ताको विषय भएको बताउनुभएको छ। अफ्रिका महादेश भरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको सङ्ख्या दक्षिण अफ्रिकामा छ । विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाको अवस्थालाई मध्यनजर गर्दै त्यहाँका केही व्यक्तिहरुसँग बैठक बसेको छ ।  यसैबीच बेलायतले कोर...

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर शून्य

गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ ।   पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ

कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्छ : बेलायत

काठमाण्डाै - बेलायतको जासुसी संस्थाले पनि कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको छ । अमेरिकाको जासुसी संस्थाले वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको दाबी गरेको केही समयपछि बेलायतको जासुसी संस्थाले पनि भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।जासुसी संस्थाले भाइरस प्रयोगशालाबाट बाहिरिएको बताएसँगै बेलायतका खोप मन्त्री नदिम जहावीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन थप अनुसन्धानहरु गर्न आग्रह गर्नुभएको छ । भविष्यमा प्रयोगशालाहरुको कमजोरीका कारण मानव स्वास्थ्यमा आउन सक्ने...

क्रुर कोरोना भाइरस

सूक्ष्म रुपी हे कोरोना भाइरस! अदृश्य  हावाभित्र लुकी छिपी  निर्दोष मान्छेको आँखा छल्दै सुटुक्क नाक मुखभित्र नपस्नू। नबोली उड्ने हे कोरोना भाइरस! बोल्ने मान्छेको अथक पिछा गरेर  अदृश्य नङ्ग्राले घाँटी नङ्ग्र्याउँदै क्रुरताको हिँस्रक आक्रमण नगर्नू।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ।