काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीमाथि भएको आक्रमणप्रति खेद् प्रकट गरेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले आयोगका उपाध्यक्ष गिरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।