रुसले हावा र समुद्रबाट एक सय मिसाइल प्रहार गरेको छ – युक्रेन

युक्रेनका थुप्रै ठूलो शहरमा ताजा रुसी हमलापछि पूरा देशमा हवाई हमलाबारे चेतावनी जारी गरिएको छ ।राष्ट्रपतिका सल्लाहकार ओलेक्सी एरेस्टोभिकले सामाजिक सञ्जालमा सयभन्दा बढी मिसाइल युक्रेनी शहरको तर्फबाट हानिएको जानकारी दिइन् ।राजधानी किभमा कम्तिमा दुईवटा विस्फोटको आवाज सुनिएको थियो तर ती क्षेप्यास्त्र आक्रमण थिए वा हवाई आक्रमण भन्नेबारे स्पष्ट हुन सकेको छैन ।खार्किभ, ओडेसा र जाइटामिर शहरहरूमा पनि विस्फोटको आवाज सुनिएको थियो ।ओडेसाका स्थानीय नेता म्याक्सिम मार्चेन्कोले युक्रेनमा ठूलो मात्रामा मिसाइल आक

सम्बन्धित सामग्री

रुसद्वारा युक्रेनमाथि मिसाइल प्रहार

एजेन्सी । रुसले युक्रेनका बिभिन्न शहरमा दर्जनौ मिसाइल प्रहार गर्नुका साथै बमबारी गरेको छ । युक्रेन र रुसबीचको युद्ध शुरु भएयता रुसले गरेको यो सबैभन्दा ठुलो आक्रमण हो । युक्रेनको राजधानी कीएभमा बमबारी गर्दा १४ बर्षिया बालिकासहित केही नागरिक घाइते भएका छन् । रुसले कीएभलगाएत युक्रेनका खार्किभ, ओडेसा, र झिटोमिर लगायत शहरहरुमा आक्रमण गरेको हो […]

आक्रामक बन्दै रुस, युक्रेनमाथि ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार

रसिया युक्रेन युद्धले फेरि नयाँ मोड लिएको छ । रुसले आफ्नो आक्रामक अडान छोड्ने नाम लिइरहेको छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न धेरै देशहरूले अपील गरे पनि आफ्नो सेनामार्फत युक्रेनमाथि आक्रमण गर्न जारी राखेका छन्। यसैबीच फेरि रुसले युक्रेनमा ठूलो हमला गरेको छ । रुसी सेनाले युक्रेनमा ७० भन्दा बढी मिसाइल प्रहार […]

युक्रेनका धनाढ्य व्यापारी, उनकी श्रीमतीको रुसी गोलीबारीमा मृत्यु

युक्रेनको सबैभन्दा धनी व्यापारी मध्ये एक आफ्नी श्रीमतीसहित दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा मारिएका छन् ।७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको घरमा राति मिसाइल प्रहार हुँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।भाडाटुर्स्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनको मालिक थिए । उनले ‘हिरो अफ युक्रेन’ अवार्ड पनि पाएका थिए ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भाडाटुर्स्कीको निधनलाई ठूलो क्षति बताएका छन् ।माइकोलाइभका मेयर ओलेक्जेन्डर सेन्केभिचले यो सहरम

रुसको आक्रमणमा युक्रेनका सबैभन्दा धनी व्यापारीको मृत्यु

काठमाडौँ । दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा परेर युक्रेनका सबैभन्दा धनी व्यापारी श्रीमतीसहित मारिएका छन् ।  ७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको घरमा राति मिसाइल प्रहार हुँदा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। भाडाटुर्स्की खाद्यान्न निर्यातमा संलग्न कम्पनी निबुलोनको मालिक थिए। उनले ‘हिरो अफ युक्रेन’ अवार्ड पनि पाएका थिए । युक्रेनका राष्ट्रपति भोलोडिमिर […]

रुसको आक्रमणमा युक्रेनका सबैभन्दा धनी व्यापारीको मृत्यु

दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा परेर युक्रेनका सबैभन्दा धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन् । ७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको घरमा राति मिसाइल प्रहार हुँदा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।भाडाटुर्स्की खाद्यान्न निर्यातमा संलग्न कम्पनी निबुलाेनको मालिक थिए। उनले ‘हिरो अफ युक्रेन’ अवार्ड पनि पाएका थिए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भाडाटुर्स्कीको निधनलाई ठूलो क्षति भएको बताएका छन् ।बीबीसी

युक्रेन युद्ध : रुसी मिसाइल आक्रमणमा ओडेसा क्षेत्रमा १८ जनाको मृत्यु

युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा एक बालकसहित कम्तीमा १८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । राज्यको आपतकालीन सेवा डीएसएनएसले सेरहियिभका गाउँको नौ तले भवनमा एउटा मिसाइल प्रहार गर्दा १६ जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ । गाउँको मनोरञ्जन केन्द्रमा गरिएको छुट्टै आक्रमणमा बालकसहित थप दुई जनाको मृत्यु भएको छ । रुसले विगत केही दिनमा युक्रेनी शहरहरूमा दर्जनौं मिसाइलहरू प्रहार गरेको छ ।  डीएसएनएसले नौ तले भवनको भग्नावशेषमा अग्निनियन्त्रकहरूले

भारतले गहुँ निर्यात रोक्दा नेपाललाई कस्तो प्रभाव पर्छ ?

रुसले युक्रेनको खाद्य भण्डार ओडेसामा हाइपरसोनिक मिसाइल आक्रमण गरे यता विश्वको गहुँ बजारमा उथलपुथल आएको छ । रुस–युक्रेन युद्ध सुरू भएको महिनौंसम्म पनि विश्व बजारले गहुँको अभाव र मूल्यवृद्धिको सामना गर्नुपरेको थिएन । तर, केही साताअघि युक्रेनको ‘खाद्य भण्डार’ मानिने ओडेसामा मिसाइल प्रहार गरेयता गहुँको अभाव हुन थालेको हो ।ओडेसामा रुसले हाइपरसोनिक मिसाइल प्रहार गरेपछि त्यहाँबाट विश्वका विभिन्न देशमा हुने गहुँको निर्यात प्रभावित बनेको छ । आपसी युद्धमा फसेका रुस र युक्रेनबाट विश्वमा ह

रुसले रेलवे स्टेशनमा मिसाइल प्रहार गर्दा ३५ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

एजेन्सी, २५ चैत्र । रुस युक्रेन युद्ध भएको ४३ दिन बितिसकेको छ । यसैबीच रुसले पूर्वी युक्रेनको रेलवे स्टेशनमा क्रुज मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको बताइएको छ । योसँगै सयभन्दा बढी घाइते भएका छन् । आक्रमण डोनेट्स्कको क्रामाटोर्स्कमा भएको थियो। डोनेट्स्कका गभर्नरले भने, ‘आक्रमण हुँदा हजारौं मानिसहरू रेल छोड्नको […]

रुसी आक्रमणका कारण दश लाखभन्दा बढी युक्रेनी नागरिकले देश छोडे

काठमाडौं ।युक्रेन माथि रुसले आक्रमण शुरु गरेपछि दश लाख युक्रेनीहरुले युद्धबाट जोगिन देश छाडेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी नागरिकमा रुसी आक्रमणका कारण निकै डर र त्रास फैलिएको छ । रुस र युक्रेनबीच युद्ध अझै चलिरहेको छ । रुसले लगातार युक्रेनमाथि बमबारी र मिसाइल प्रहार गरिरहेको छ । जसका कारण युक्रेनीहरु छिमेकी देशहरुमा […]