युक्रेन युद्ध : रुसी मिसाइल आक्रमणमा ओडेसा क्षेत्रमा १८ जनाको मृत्यु

युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा एक बालकसहित कम्तीमा १८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । राज्यको आपतकालीन सेवा डीएसएनएसले सेरहियिभका गाउँको नौ तले भवनमा एउटा मिसाइल प्रहार गर्दा १६ जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ । गाउँको मनोरञ्जन केन्द्रमा गरिएको छुट्टै आक्रमणमा बालकसहित थप दुई जनाको मृत्यु भएको छ । रुसले विगत केही दिनमा युक्रेनी शहरहरूमा दर्जनौं मिसाइलहरू प्रहार गरेको छ ।  डीएसएनएसले नौ तले भवनको भग्नावशेषमा अग्निनियन्त्रकहरूले