क्यानडाले भन्यो : युक्रेनी विमानमाथि मिसाइल प्रहार हुनुमा इरान पूर्ण जिम्मेवार, १७६ जनाको भएको थियो मृत्यु

क्यानडा सरकारको एक रिपोर्टमा युक्रेनी विमानमाथि मिसाइल प्रहार हुनुमा इरान 'पूर्ण जिम्मेवार' रहेको उल्लेख गरिएको बीबीसीले जनाएको छ। सन् २०२० जनवरी ८ मा तेहरानबाट उडेको युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्स विमान पीएस७५२ माथि दुईवटा मिसाइल प्रहार भएको थियो। विमानमा रहेका १७६ जनाको मृत्यु भएको थियो। सुरुमा इरानले अनुसन्धानमा असहयोग गरेको थियो।