शङ्खरापुर नगरपालिकामा अनलाइन विधिबाट कक्षा आठको परीक्षा सुरु

काठमाण्डाै – काठमाण्डौको शङ्खरापुर नगरपालिकाले अनलाइन विधिबाट कक्षा आठको परीक्षा सुरु गरेको छ । आउँदो २५ गते सम्पन्न गर्ने गरी अनलाइन विधिबाट परीक्षा सुरु गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक बौद्धराज निरौलाले जानकारी दिनुभयो । आज दुई वटा विषयको परीक्षा सम्पन्न गरेको र परीक्षामा ९१ प्रतिशत विद्यार्थी सहभागी भएका निरौलाले जानकारी दिनुभयो । छुटेका विद्यार्थीहरूका लागि पनि अनलाइन वा सम्भव नभएमा अरू विधिबाट सहभागी गराउने उहाँले बताउनुभयो । नगरपालिकालको शिक्षा शाखाबाटै नियन्त्रण हुने गरी अनलाइन प्रविधिबाट विद्...

सम्बन्धित सामग्री

भाेलिदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा सोमबारदेखि हुँदै छ । जेठ २५ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले कक्षा १२ को प्रश्न पत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्न पत्र प्रकाशन […]

कहिलेबाट खुल्छ लाइसेन्स परीक्षा ?, यस्तो छ विभागको तयारी

काठमाडौं :  कोरोना भाइरसका कारण लामो समयदेखि  रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी लाइसेन्स परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरी अबको एक सातामा परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागका सुचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।भुसालकाअनुसार अर्को साता सूचना निस्कने छ। त्यसको सात दिनपछि ट्रायल परीक्षा सुरु हुनेछ। अनल

साउनको अन्तिम हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाण्डाै - यातायात व्यवस्था विभागले यही महिनाको अन्तिम हप्तादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले यसबारे छलफल भइरहेको र छिटै निर्णय हुने जानकारी दिनुभयो । गएको वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुरिरहँदा कोरोनाको सङ्क्रमण बढेपछि फेरि ट्रायल परीक्षा बन्द गरिएको ...