विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक जानकारी दिन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको छ।
डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो । कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ । सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्य...