एन्फाले खेलाडीहरुलाई भन्यो - चुनावसम्म अल्मुताइरीलाई हटाउने कुरो नगर्नुस्

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चुनावसम्म मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हटाउन नसक्ने बताएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीहरूसँग कुराकानी गर्दै चुनावसम्म आफूले अल्मुताइरीलाई हटाउन नसक्ने बताएको रोहित चन्दले बताए ।‘एन्फा अध्यक्षसँग हामीले कुरा गरेका थियौं । उहाँले चुनावसम्म अल्मुताइरीको विषयमा केही गर्न नसक्ने बताउनुभयो । त्यति बेलासम्म हाम्रो के हुन्छ भन्ने हो,’ चन्दले भने । चन्दले आफूहरुले यो विषयमा निष्पक्ष छानविन गर्न पनि एन्फासँग आग्रह गरेको बताए ।उनले छानवि

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं।नेपाल राष्ट्र बैंकले पेन्सन कोषको ४० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ।सरकारको सम्पूर्ण ध्यान चुनाव केन्द्रित हुँदा उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत बढीले बढ्यो। अर्थतन्त्रको सूचकहरु स्थिर रहेको भन्दै मंसिरमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नघटाउने भएका छन्। मंसिर ४ गते हुने चुनावका दिन आन्तरिक उडान नहुने भएका छन्। विश्वकपको २९० वटा टिकट बिक्री गर्ने एन्फाले निर्णय गरेको छ।

नयाँ नेतृत्वको लागि एन्फाको चुनाव भोलि हुँदै

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने निर्वाचनको सोही साँझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ-आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् […]

खेलाडी–प्रशिक्षक विवाद : प्रतिवेदनको विषयमा चुनावपछि मात्र छलफल हुने

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अब्दुल्लाह अल्मुताइरी र राष्ट्रिय फुटबल खेलाडीबीच विवादको विषयमा चुनाव पछि मात्र छलफल हुने भएको छ । एन्फामा छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीलाई परिवर्तन गर्न सुझाव दिएको थियो ।प्रतिवेदन सार्वजनिक भएपछि एन्फा अहिले चुनावी माहोलमा छ । तत्काल कार्यसमिति बैठक बस्ने वातावरण नभएकाले एन्फाले विवाद समाधानका लागि चुनावपछि मात्र कार्यसमिति बैठक राख्ने निर्णय गरेको छ । एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको समयमा प्र

पटक पटक स्थगित सिन्धुलीको चुनाव एन्फामै हुने

काठमाडौं – पटक पटक विवादका कारण स्थगित जिल्ला फुटबल संघ सिन्धुलीको चुनाव अखिल नेपाल फुटबल संघ ( एन्फा)ले सातदोबाटो स्थित आफ्नै परिसरमा गर्न निर्देशन दिएको छ । स्थानीय विवादका कारण तोकिएको समयमा हुन नसकेपछि २२ वैशाखमा हुने भएको हो ।  यसअघि एन्फाले १० गतेसम्म सम्पूर्ण जिल्ला निर्वाचन गर्न निर्देशन दिएको थि...

पटक पटक स्थगित सिन्धुलीको चुनाव एन्फामै हुने

काठमाडौं – पटक पटक विवादका कारण स्थगित जिल्ला फुटबल संघ सिन्धुलीको चुनाव अखिल नेपाल फुटबल संघ ( एन्फा)ले सातदोबाटो स्थित आफ्नै परिसरमा गर्न निर्देशन दिएको छ । स्थानीय विवादका कारण तोकिएको समयमा हुन नसकेपछि २२ वैशाखमा हुने भएको हो ।  यसअघि एन्फाले १० गतेसम्म सम्पूर्ण जिल्ला निर्वाचन गर्न निर्देशन दिएको थि...

सिन्धुली फुटबल संघको चुनाव एन्फामा हुने

काठमाडौँ– पटक पटक विवादका कारण स्थगित सिन्धुली जिल्ला फुटबल संघको चुनाव अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सातदोबाटोस्थित आफ्नै परिसरमा गर्न निर्देशन दिएको छ । स्थानीय विवादका कारण तोकिएको समयमा चुनाव हुन नसकेपछि वैशाख २२ गते एन्फामा गर्ने निर्णय भएको हो । यसअघि एन्फाले १० गतेसम्म सम्पूर्ण जिल्ला निर्वाचन गर्न निर्देशन दिएको थियो । […]

फिफाको समय नमिल्दा चुनावको मिति सर्यो : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । फुटबलको सर्वाेच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ ।  यसअघि जेठ १५ गतेका लागि तय भएको थियो । फिफाका प्रतिनिधिहरू चुनावमा नेपाल आउन समय नमिल्दा चुनावको मिति सार्नु परेको एन्फाले बतायो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुनावको मिति सिफारिस गर्न पत्र पठाएको र त्यहाँबाट समय नमिलेका कारण नयाँ मितिमा सहमति भएको उनले बताए ।  ‘फिफालाई हामीले चुनावको मिति सिफारिस गर्न पत्र पठाएका थियौं । उताबाट सम

फुटबल विकासको बृहत्तर योजना : खोला कटानको मारमा भेंडाबारीको निर्माणस्थल

इलाम : ३ वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘चेन्ज एन्फा’ को नारा बोकेर चुनावमा होमिँदै गर्दा गरेको वाचामध्ये एउटा थियो ‘ ७ वटा प्रदेशमा १४ वटा ट्रेनिङ सेन्टर निर्माण।’ शान्दार मतका साथ चुनाव जितेपछि पोखरामा बहुउद्देश्‍य टेक्निकल सेन्टर बनाउने निर्णय गरे।प्रारम्भिक चरणमा पोखरा महानगरपालिका–१५ र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–६ को भेंडाबारीमध्ये कुनै एक ठाउँमा टेक्निकल राख्ने तयारी गरिएको थियो। एन्फाले भेंडाबारी नै

एन्फाले एएफसीलाई भन्यो : चुनाव हुन्छ

पाटन उच्च अदालतको अन्तरीम आदेशका कारण निर्धारित (१४ चैत) मितीमा निर्वाचन नभएपछि संसयमा पुगेको एन्फा निर्वाचन जति सक्दो चाँडो गर्ने प्रतिबद्धता एन्फाले एएफसी प्रतिनिधिहरुसँग जनाएको छ। बुधबार अध्यक्ष नरेन्द्र श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी मणी कुंवरले एएफसी प्रतिनिधिहरुलाई दुई वटा जिल्लामा रहेको विवाद ...