नेपालमै औषधि उत्पादनमा सरकारले प्राथमिकता दिने भएको छ ।आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी अतिआवश्यक अक्सिजन, औषधि उत्पादनलाई सरकारले प्राथमिकता दिने बताइन् । यस्तै, नेपालमा विभिन्न रोगहरुको खोप उत्पादन गरिने राष्ट्रपति भण्डारीले बताइन् ।