इन–ड्राइभरः चोरी र अपहरणपछि नाइजेरियामा प्रतिबन्ध, मेक्सिकोमा राइडरलाई नै जरिवाना

नेपालमा अवैध रुपमा ब्यापारिक धन्दा चलाईरहेको ‘इन–ड्राइभर’ एपबाट विभिन्न देशमा चोरी र अपहरणका घटना भएको खुलेको छ । ४४ देशका ६४६ शहरमा विस्तार भएर सेवा दिँदै आएको दाबी गरेर वेवसाइटमा विवरण राखेको इन–ड्राइभरबाट चोरी र मानव अपहरणका घटना भएपछि विभिन्न देशले उक्त राइड सेयरिङ एपलाई बन्देज लगाएको र राइडरलाई कारबाही समेत गरेको भेटिएको छ ।नाइजेरियामा चोरी र अपहरणआफ्नो सेवा विस्तार गरेका सबै देशमा शून्य कमिशनमा काम गरिरहेको उल्लेख गर्ने इन–ड्राइभरको आम्दानीको स्रोत के हो भन्ने खुलेको छैन । यो एप नाइजेरियामा सन् २०१९ देखि चलेको थियो । तर, त्यहाँ प्रयोगकर्ताबाट चोरी, डकैती र राइडर (चालक)बाट मानव अपहरणका घटना भएपछि नाइजेरियाले यो राइड सेयरिङ एप्सलाई बन्देज लगाएको छ । प्रविधि सम्बन्धि गैर नाफामूलक अन्तराष्ट्रिय समाचार संस्था ‘रेस्ट अफ वर्लर्ड’का अनुसार व्यक्ति र सम्पत्तिको सुरक्षामा खतरा पैदा भएपछि नाइजेरियाले यो एप्सलाई बन्देज लगाएको छ । चोरी र अपहरणका घटना भएपछि यस सम्बन्धमा आवश्यक कारबाहीका लागि आफ्नो देशमा कार्यालय नभएको, आफ्नो देशमा दर्ता हुनुपर्नेमा दर्ता नभई चलेको भन्दै नाइजेरियाले यो सेवा बन्द गरेको थियो ।यो एप्सबाट सेवाग्राहीलाई सेवा दिने राइडर तथा प्रयोगकर्ताबाट लागूअषौधको ओसारपसार समेत हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सेवा बन्द गराईएको त्यहाँको यातायात मन्त्रालयले जनाएको ‘रेस्ट अफ वर्लर्डले उल्लेख गरेको छ ।मेक्सिकोमा राइडरलाई जरिवानामेक्सिकोले पनि राइड सेयरिङ एप्स इन–ड्राइभरलाई बन्देज लगाएको छ । सुरुमा यो सेवा नचलाउन आदेश दिईएकोमा आदेश अटेर गरी चलाउने प्रत्येक राइडरहरुलाई सन् २०२१ को जनवरीमा मेक्सिको सरकारले नगद जरिवाना तिराएको थियो ।यसअघिःखुलेयाम अवैध धन्दा चलाउँदै ‘इन–ड्राइभर’, जोखिममा यात्रुअन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार सन् २०२१ को जनवरीमा मेक्सिको सरकारले आदेश नमानी इन–ड्राइभर चलाउने प्रत्येक राइडरहरुलाई ३५ हजार पेजोस (आजको दिनमा २ लाख १५ हजार नेपाली रुपैयाँ) जरिवाना तिराएको थियो । हाल मेक्सिकोमा यो एप पूर्ण रुपमा प्रतिबन्धित छ ।नेपालमा कसरी चल्दैछ ?इन–ड्राइभरले नेपाली बजारमा कुनै पनि प्रक्रिया पूरा नगरी खुलेयाम ब्यापार गरिरहेको छ । नेपालमा विदेशी कम्पनी सञ्चलान, विदेशी लगानी ल्याउने प्रक्रिया लगायतका कुनै पनि कुरा पूरा नगरी केवल एपका भरमा इन–ड्राइभर चलिरहेको छ । ऐन, नियम तथा कार्यविधिकै अभावका बीचमा पनि राइड सेयरिङ कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर चल्न पाउने अवस्था छ । तर, इन–ड्राइभर नाम गरेको वा इन–ड्राइभरमार्फत राइड सेयरिङ सेवा दिने गरी कुनै पनि कम्पनी हालसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छैन । एकातिर कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छैन भने अर्कोतिर विदेशी लगानी ल्याउने प्रक्रिया पनि पूरा गरेको छैन । विदेशी लगानी ल्याउन लगानी बोर्डबाट स्वीकृति लिनुपर्छ । तर, यसका लागि कसैबाट निवेदन समेत लगानी बोर्डमा गएको छैन ।इन–ड्राइभर नामको राइड सेयरिङ एप नेपालमा कहिलेदेखि सुरु भयो भन्ने पनि कतै रेकर्ड छैन । खुलेयाम ब्यापार भईरहे पनि यसको सम्पर्क कार्यालय कहाँ छ कसैलाई पत्तो छैन । यतिसम्म की, इन–ड्राइभरको नेपालका लागि सम्पर्क व्यक्ति को हुन् भन्ने पनि कतै जानकारी छैन ।

सम्बन्धित सामग्री

चोरी मुद्दाका फरार प्रतिवादी  पक्राउ

काठमाडौं – चोरी मुद्दाका फरार प्रतिवादी सल्यान कुमाख गाउँपालिका- ४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद […]

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– चोरी मुद्दाका फरार प्रतिवादी सल्यान कुमाख गाउँपालिका-४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई  प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद भुक्तान गरी […]

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला अदालतबाट २०७१/१२/१० गतेको फैसलाले २ महिना १२ दिन कैद ठहर र कुल ८६ हजार ७० जरिवाना फैसला भई फरार रहेका चोरी मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय जगदीश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ । जिल्ला अदालतबाट उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

आलितालका माछा चोर्नेलाई जरिवाना

डडेल्धुरा : आलिताल गाउँपालिका–३ मा रहेको आलिताल तालबाट माछा चोरी हुन थालेका छन्। संरक्षित क्षेत्र आलिताल परिसरबाट रातिको समयमा माछा चोरी निकासी भइरहेको वडा- ३ को कार्यालयले जनाएको छ। ताल परिसरबाट माछा र माछाका भुरासमेत चोरी हुन थालेपछि वडा कार्यालयले भुरा चोर्नेलाई जरिवाना गर्ने भएको छ।एक सूचना जारी गर्दै कार्यालयले पहिलोपटक माछा मारेर चोरी गरिरहेको भेटिए ५ हजार र दोस्रो पटक पनि भेटिए १० हजार जरिवाना गर्ने जनाएको हो। यदि तेस्रो पटक पनि माछा चोरी गरेको भेटिए कानूनअनुसार कारबाहीका साथै

चोरी कसुरका फरार दुई वर्षपछि पक्राउ

बाँके जिल्लाअदालत नेपालगंजले ददेललाई ०७७ साल साउन १० गते चोरी कसुरमा ३ महिना ६ दिन कैद सजाय र ३ हजार ६ सय जरिवाना तोकेको थियो।...

विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाख जरिवाना उठायो

१२ पुस, रौतहट। नेपाल विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाखभन्दा बढी रकम जरिवाना असुल गरेको छ । गौर शाखाले गत मंसिर महिनामा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा २० लाख ३० हजार ५४० रुपैयाँ असुल गरेको हो । बिजुलीको तारमा हुकिंग गरी विद्युत् चोर्नेविरुद्ध प्राधिकरणले कारवाही गरिरहेको गौर शाखाका प्रमुख […]

विद्युत चोरी गर्ने १० जना वीरगञ्जबाट पक्राउ, ८ लाखभन्दा बढी जरिवाना

वीरगञ्ज– पछिल्लो समय वीरगञ्ज महानगरपालिकका विभिन्न स्थानमा विद्युत चोरी गर्नेक्रम बढेको छ। विद्युतको नाङ्गो तारमा हुक लगाएर विद्युत चोरी भइरहेको छ। यसैबीच नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र र प्रहरीको संयुक्त टोलीले बुधबार राति महानगरका विभिन्न स्थानबाट विद्युत चोरी गर्ने १० जनालाई पक्राउ गर्नुका साथै नगद जरिवानासमेत गराएको छ। टोलीले वीरगञ्ज महानगरको अलौ, सिर्सिया, छपकैया […]

१५३ व्यापारिक फर्मलाई ४५ लाख जरिवाना

वीरगञ्ज, २१ साउन: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई कारवाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७ को […]

सामूहिक चोरी मुद्दाका फरार ४ महिला पक्राउ

दाङ : सामूहिक चोरी मुद्दाका फरार चारजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१८ ढोडेनी निवासी ३६ वर्षीया शान्ति सुनार, २५ वर्षीया सन्तोषी नेपाली, ३६ वर्षीया चन्द्रकला सुनार र ३५ वर्षीया ज्योति दमाई छन्।जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार उनीहरूलाई सामूहिक चोरी मुद्दामा जिल्ला अदालतले २०७६ वैशाख ३० गते  जनही पाँच हजारका दरले जरिवाना र आठ महिना सात दिन कैद फैसला सुनाएको थियो।उनीहरु फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्

चोरी मुद्दाका चार फरार अभियुक्त महिला पक्राउ

चोरीको आरोपमा दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  सोमबार चोरी गरि फरार रहेका चार महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  दाङ देउखुरी अदालतले २०७६ साल वैशाख ३० गते  सामूहिक चोरी मुद्धामा ५० हजार रुपैयाँ नगद जरिवाना र ८ महिना ७ दिन कैद सजाय फैसला सुनाइएका फरार चार महिलालाई जिल्ला प्रहरी कार्यालय दाङ्गको टोलीले पक्राउ गरेको हो ।प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ को ढोंडेनी भन्ने स्थानमा लुकिछिपी बसेका  सोही स