कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका ६ लाख बढी सञ्चयकर्ताको रकम खिचेर बनाइँदै गरेको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण क्रममा अपारदर्शी कामकारवाही भएको पाइएको छ । लेखा परीक्षकको प्रतिवेदनले वर्षेनि औंल्याएको बेथितिप्रति कोष र कम्पनी दुबैले आँखा चिम्लँदै आएका छन् ।जथाभावी विनियम बनाएर कर्मचारी सञ्चयकोषको करिब २८ करोड लगानी गरिएको बेतन कर्णाली आयोजनाबारे रायसुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा आयोजनाको पूर्वतयारी चरणदेखि नै बदमासी भएको औंल्याइएको छ ।कर्मचारी सञ्चय कोष र आयोजना निर्म