सहकारीमा मौलाउँदै बेथिति

मुलुकको नयाँ संविधानमा अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा राखेपछि यो क्षेत्र फस्टायो। सहकारीको संख्या २९ हजार ८ सय पुग्यो। सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेन। फलस्वरूप अहिले बेथिति बढेको छ। नियमन हुन नसक्दा सहकारीमा आर्थिक अपचलनका घटना दिनानुदिन बढिरहेका छन्। सदस्य निक्षेपकर्ताको रकम फिर्ता नगर्ने, निक्षेप हिनामिना गर्ने घटना बाहिरिएसँगै एकपछि अर्को सहकारीका सञ्चालक धमाधम पक्राउ परेका छन्।सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङले निक्षेपकर्ताको रकम नतिरेर

सम्बन्धित सामग्री

आयोजनाको लागत बढाउने बेथिति अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास आयोजनाको लागत बढाउने बेथिति रोक्न निर्देशन दिएका छन् । सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढेको भन्दै त्यसलाई रोक्न उनले...

बेथिति र कानुन निर्माणमा सक्रिय हुँदै संसदीय समिति

प्रतिनिधिसभाका समितिहरू कानुन निर्माण र बेथिति विरुद्धमा सक्रिय हुन थालेका छन्। दसैँ तिहारको समयदेखि मंसिरसम्म निष्क्रिय समितिहरू यतिबेला धमाधम कानुन निर्माणमा र बेथिति विरुद्धमा लागेका हुन्।...

बेथिति र कानुन निर्माणमा सक्रिय हुँदै संसदीय समिति

प्रतिनिधिसभाका समितिहरू कानुन निर्माण र बेथिति विरुद्धमा सक्रिय हुन थालेका छन्। दसैँ तिहारको समयदेखि मंसिरसम्म निष्क्रिय समितिहरू यतिबेला धमाधम कानुन निर्माणमा र बेथिति विरुद्धमा लागेका हुन्।...

देशमा भ्रष्टाचार धेरै भएकाले बेथिति बढ्यो : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले देशमा भ्रष्टाचार धेरै भएकाले बेथिति बढ्दै गएको बताएका छन् । शनिबार रोट¥याक्ट क्लवले दमौलीमा आयोजना गरेको दोस्रो पिएस मिट र पेट्स सेट्स...

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर भएनः खिमलाल देवकोटा

काठमाडौं। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरु विवरणहरु आए पनि सरकार गम्भीर नबनेको बताएका हुन् ।

राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्यो : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन्। नेपालमा...

न्यायालयको बेथिति हटाउन प्रधानन्यायाधीशमाथि महाअभियोगः प्रचण्ड

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन्। अध्यक्ष दाहालले गठबन्धनकै सहमतिमा महाअभियोग दर्ता गराइएको बताए। अध्यक्ष दाहालले भने, ‘केही समयदेखि न्यायालयको क्षेत्रमा निकै अन्यौल, अराजकता र बेथिति देखापर्‍यो। स्वतन्त्र न्यालयमा यस्ता बेथिति देखापर्नु देश र जनताको लागि दुखःद थियो। यसको सहज […]

‘बेथिति देखिए सशक्तरूपमा प्रस्तुत हुन्छौँ’ : कोइराला

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी डा शेखरप्रसाद कोइरालाले पार्टीमा बेथिति भए सशक्तरूपमा प्रस्तुत हुने बताउनुभएको छ । कोइराला समूहले आयोजना गरेको महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको र स्वस्थ प्रतिस्पर्धाबाट प्रधानमन्त्री शेरबहादुर देउवा सभापति पदमा निर्वाचित हुनुभएको बताउनुभयो । “निर्वाचन हारे पनि हामीले लिएको विचार विजयी भएको छ, हाम्रो …

सीडीओ सरुवामा चरम बेथिति

गृह मन्त्रालयले केही महिनादेखि लगातार गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य कर्मचारीको सरुवामा चरम बेथिति देखिएको छ ।