मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशन अन्त्य गर्नु अगाडि नै प्रदेशको नामकरण गर्नुपर्ने बताउनुभएको छ । आइतबार प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले नीति कार्यक्रम पारित भएलगतै प्रदेश नामकरणको प्रक्रियामा अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।
नीति तथा कार्यक्रममाथि छलफल हुँदा विपक्षी सांसदहरुले साढें तीन वर्षको अवधिमा पनि प्रदेशको नामकरण हुन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । मुख्यमन्त्री राईले त्यसलाई स्पष्ट पार्दै संसदको जारी अधिवेशनबाटै नामकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।