राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले ट्रक ढुवानी व्यवसायीको समस्याबारे सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भारतीय ट्रक निर्वाधरुपमा मुलुकका विभिन्न भूभागमा घुम्ने गर्दा नेपाली ट्रक व्यवसायी अहिले मारमा परिरहेको बताए । उनले भारतीय गाडीले उतैबाट ढुवानी गरेर ल्याउने र नेपालभित्र सबै ठाउँमा सोही गाडी घुम्ने अवस्था रहेको भन्दै […]