पर्वत : जिल्लाको फलेवास नगरपालिकाले नगर भित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीहरूलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ।किशोरीहरूमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउन महिनादेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको ‘क्याप्सुल’ खुवाउन थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रुद्र शर्मा सापकोटाले बताए।नगरभित्र १० देखि