नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाको महाधिवेशन गर्नका लागि निर्देशक समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेपाल महिला संघ, तरुण दल र नेविसंघको महाधिवेशनका लागि निर्देशक समिति गठन गरेका हुन् ।पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेकाले महाधिवेशन सहजीकरणका लागि निर्देशक समिति बनाइएको हो...