नेपाल तरुण दल काभ्रेको कार्यवाहक सभापतिको जिम्मेवारी भुम्लुका सुजन लामाले पाएका छन् । गृहमन्त्री तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको भेलाले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको हो ।लामा यसअघि वाग्मती प्रदेश तरुण विभागको सदस्य समेत थिए । तरुण दल काभ्रेका सभापति दावा लामा स्थानीय तहको निर्वाचनमा भुम्लु गाउँपालिकाको उपाध्यक्ष बनेका छन् । कांग्रेस महासमिति सदस्य दावा लामाले सुजनलाई दिएका हुन् ।मंसिर ४ गते हुने गरी घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभ