नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल काँग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् । नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, काँग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा नेता पौडेलले तरुण दलले भोलिको देश चलाउने बताएका हुन् । उनले सुसंस्कृत तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन काँग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए ।