जुम्लामा नुन अभाव देखिएको छ। कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए । १५ वर्षको अन्तराल पछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् । गाडी जुम्लामा २०६३ साल चैत ३० गते पुगेको थियो । कर्णाली राजमार्ग पुग्नुभन्दा पहिला जुम्लामा नुनको विषयमा राजनीतिक खिचातानी गरिन्थ्यो । सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भइ सहजै उपभोक्ताले नुन पाउने अवस्था भएको