भेटिँदैनन् अचेल कुवा र पोखरी

– डम्मर बुढामगर/ निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु […]

सम्बन्धित सामग्री

३२ वर्षदेखि सफाइको पर्खाइमा लगनको '१२ वर्षे इनार'

काठमाडौँ- इनार, कुवा वा पोखरी कति समयमा सफा हुन्छ होला ? सहजै अनुमान लगाउन सकिन्छ केही दिन, हप्ता, महिना वा वर्षमा । तर, कतिपय स्थानमा अनुमान गरेका कुराहरू सही साबित हुन सक्दैनन् । काठमाडौँ महानगरपालिका-१२ मा अवस्थित एउटा इनार सफाइको पर्खाइमा छ । जहाँ वर्षौंदेखि स्थानीय नागरिक र सरकारको नजर नपर्दा ऐतिहासिक महत्व बोक...

जलका स्रोतमा पूजा गरी मनाइयो सिथी नख

नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा–आराधना गरी सिथी नख पर्व मनाएका छन्।...

जलस्रोतहरूको पूजा गरी मनाइयो सिठी नख

नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा–आराधना गरी सिठी नख पर्व मनाएका

भेटिँदैनन् अचेल कुवा र पोखरी

ढोरपाटन,निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु परेको छैन । …

पानीका स्रोतको पूजा आराधना गरी मनाइयो सिठी नख पर्व

राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रुपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्ने विषय उल्लेख गरिएको छ । संयोगले यो वर्ष सिठी नख पर्वका दिन जुन ५ अर्थात् विश्व वातावरण दिवस पनि परेको छ । पुराणको वचनअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्राडा. देमणि भट्टराईले बताए ।यस अवसरमा राजधानीलगायत देशभरका पानीका मुहानमा

सुके कुवा, पुरिए पोखरी गाउँमा पानीको हाहाकार

म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्यायलाई डेढ दशक अघिसम्म  गाउँको जलकुनीमा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले कुरुङदीमा घर बनाएको याद ताजै छ।सोही गाउँका ७६ वर्षीय टेकबहादुर कार्कीलाई पनि घरको सिरानमा रहेको पाखो र खहरेखोलामा रहेका तीन वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको झलझली सम्झना आउँछ।  तर आजभोलि न जलकुनीमा पानीको कुवा छ न त पाखो र खहरेखोलामा पोखरी नै छन्।पहिले पहिले पानीको छेलोखेलो हुने

रानीले कपाल कोर्ने डिल ! (फोटोफिचर)

म्याग्दी – उत्तरतर्फ चुलिएका सेताम्य हिमाल हेर्दै रेशमी कपालमा  काइँयाे फेर्नुकाे आनन्द । आहा ! कल्पना गर्नुस् त ।वरिपरी घना जङ्गल । सौरका बोट । वन्यजन्तु तथा चराचुरुङ्गीको चहलपहल । नजिकै पानीको कुवा र पोखरी । अनि अलि पर रानीले कपाल कोरेको डिल । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित सौरबोटमा पर्छ रानीले कपाल काेरेकाे डिल । १४ औं शताब्दीताका तत्कालीन राजा दीलिपबम मल्लको धर्मपत्नी (रानी)ले  यही डिलमा बसेर कपाल कोर्ने गरेको हुँदा यस डिलको नाम &lsq...

गाउँपालिकाले थाल्यो चौतारी, कुवा र पोखरी संरक्षण अभियान

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा वरपिपल चौतारी, कुवा तथा पोखरी संरक्षण तथा वृक्षारोपण अभियान सञ्चालन गरिएको छ । गाउँको सुन्दरता कायम गर्न वातावरण मैत्री विकास गर्न अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । वर्षौं पहिले रोपिएका वरपिपल, संरक्षण गर्ने, मासिएको स्थानमा वृक्षारोपण गरी हुर्काउने र मर्मत सम्हारका कार्यहरु भइरहेको छ, गाउँपलिकाको उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताउनुभयो । यसै कुवा र पोखरीको निर्माण गर्ने पुरानोको संरक्षण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । ‘‘प्रधानमन्त्री रोजगार कार्यक्रमका मजुदुरको प्रयोग र स्थानीयवासीलाई समेत सहभागी बनाएर मर्मतसम्भार र संरक्षणको काम भइरहेको छ’’ उपाध्यक्ष पुष्पा

कुमार षष्ठीमा धारा र इनार सफा गर्दै पाटनवासी

२ असार, काठमाडौं । ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने कुमार षष्ठी पर्व देवताका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी मनाइएको छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रुपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उनको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । पर्वको अवसरमा पाटनवासीले बुधबार कुवा, इनार, पोखरी, धारा लगायतका पानीका स्रोतको […]