विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसूति सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसूति गराउन थालिएको हो ।सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसूति गराउँदै आएको भए पनि स्तरोन्नतिका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि अहिले पुनः निःशुल्क प्रसूति सेवा सुरु गरिएको नोबेल अस्पतालको स्त्री तथा प्रसूति विभागका प्रमुख डा.गेहनाथ बरालले जानकारी दिए । ‘नोबेलमा आमा सुरक्षा कार्यक्रम रोकिएको