सुर्खेतमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आज बिहान उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो । दीर्घरोगबाट ग्रसित ती पुरुष आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए । सोमबार कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका सूचना अधिकारी नोद नारायण चौधरीले भने,‘ स्वास्थ्यमा सुधार नआएपछि आज बिहान ५ः२० बजेतिर मृत्यु भएको हो ।’&nb