बलात्कार, डाँका र हातहतियार मुद्दाका आरोपी समातिए

जनकपुरधाम : जनकपुरबाट बलात्कार, डाँका र हातहतियार मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका–८ बस्ने २‍७ वर्षीय शम्भु महरा भनिने शम्भु रविदास रहेका प्रहरीले जनाएको छ।जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित रेल्वे लिकबाट शम्भुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।प्रहरी चौकी कपिलेश्वर धनुषाबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिइएको हो। कमला नगरपालिका-८ मा २०७

सम्बन्धित सामग्री

बर्दिया कारागारमा ११ विदेशी नागरिक

जिल्ला कारागार, बर्दियामा लागूऔषध, जबर्जस्ती करणी, डाँका चोरी तथा हातहतियार खरखजानाका मुद्दामा एक पाकिस्तानी र १० भारतीय नागरिकले सजाय भोगिरहेका छन् ।

चितवन कारागारमा ७४१ कैदीबन्दी

चितवन । कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यीमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको बताइएको छ ।       कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका छन् । अन्य १४८ कैदी र ६० बन्दी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । उनीहरूमध्ये एक महिला बन्दी हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जबर्जस्ती करणीमा रहेका कैदीबन्दी अधिकांश ४० वर्ष माथिका छन् । यस कारागारमा दोस्रो ठूलो संख्यामा लागू औषधसम्बन्धी कसूरका कैदीबन्दी छन् । लागू औषधसम्बन्धी कसूरका १४० कैदीबन्दी रहेको उनले बताए ।      लागू औषधसम्बन्धी कसूरमा १० महिला र १३० पुरुष कारागारमा छन् । उनीहरू २५ वर्षभन्दा माथिका रहेको आचार्यको भनाइ छ । यस्तै कर्तव्य ज्यान मुद्दामा ८१ पुरुष र २१ महिला गरी १०२ जना छन् । गैँडाको खाग विक्री मुद्दाका ६९, सवारी ज्यान मुद्दाका ५५, चोरी मुद्दाका ४९ कैदी रहेको कार्यालयले बताएको छ ।       डाँका, ज्यान मार्ने उद्योग, जिउ मास्ने बेच्ने मानव बेचबिखन, अपहरण तथा शारीरिक बन्धक, केही सार्वजनिक अपराध, हातहतियार खरखजाना, काठचोरी, आत्महत्या दुरुत्साहन, ठगी, गौबध, खोटाचलान, बहुविवाह, सैनिक ऐन/प्रहरी, सम्पत्ति शुद्धीकरण र आगजनी मुद्दाका कैदीबन्दी कारागारमा छन् ।      आचार्यका अनुसार उनीहरूसँगै दुईजना आश्रित नाबालिग रहेका छन् । यस कारागारमा चितवनसहित तीन जिल्लाका कैदीबन्दी रहेको उनले जानकारी दिए । मकवानपुर र नवलपुर जिल्लाका कैदीबन्दी धेरै चितवन आउने गरेको उनले बताए । स्वास्थ्य सुविधाका कारण चितवनमा कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ । नवलपुरमा आफ्नो कारागार कार्यालय नहुँदा यहाँ कैदीबन्दीको चाप बढेको हो । यस कारागारमा क्षमता भन्दाबढी कैदीबन्दी रहेका छन् । २५५ जनाको क्षमता रहेको पुरुष कैदीबन्दी गृहमा ६९० जना र २५ जना कैदीबन्दीको क्षमता भएको महिला बन्दी गृहमा ५१ जना छन् ।  रासस

करणी मुद्दाका फरार प्रतिवादी जनकपुरबाट पक्राउ

३१ साउन, धनुषा। प्रहरीले करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-8 स्थित २‍७ वर्षीया शम्भु महरा भन्‍ने शम्भु रबिदास रहेका छन् । उनलाई धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. …

३८ वर्षपछि पक्राउ परे डाँका मुद्दाका फरार प्रतिवादी

२५ जेठ, धनगढी । डाँका मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई ३८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०४० सालमा हातहतियार देखाएर नगद लुटपाट गरेर फरार भएका बेलौरी नगरपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर …

२०४२ सालमा ३ वर्ष कैद सुनाइएका व्यक्ति बल्ल पक्राउ

कञ्चनपुर : डाँका मुद्दाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लाल बहादुर लुहारलाई प्रहरीले ३८ वर्षपछि मंगलबार पक्राउ गरेको छ। घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीका अनुसार लुहारले २०४० सालमा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्कवापतको सरकारी रकम लक्ष्मीपुर पुनर्वासस्थित राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुकलगायत हातहतियार देखाई लुटपाट गरेका थिए। कञ्चनपुर जिल्ला अद...