‘एयर भल्भ’ नबनाउँदा मेलम्ची सुरुङमा पनि सुरक्षा खतरा

१५ भदौ, काठमाडौं । मेलम्चीमा भीषण बाढी मेलम्ची खानेपानी आयोजनाको सुरुङ अहिले बन्द छ । सुरुङ सुपरीवेक्षणका लागि पानी भर्न बन्द गरिएको दिन गत असार १ गते आएको बाढीले हेडवर्क्स पुरेपछि आयोजनाको भविष्य अनिश्चित छ । यही बेला महालेखा परीक्षकको कार्यालयले आफ्नो वाषिर्क प्रतिवेदनमा सुरुङको सुरक्षा अवस्थाबारे पनि प्रश्न उठाएको छ । महालेखाको ५८औं वाषिर्क […]

सम्बन्धित सामग्री

मेलम्चीका नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

सिन्धुपाल्चेक । मेलम्ची नगरपालिका-१० ले घर-घरमै गएर नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । नागरिकलाईकाे सहजतालाई मध्येनजर गर्दै सुरक्षा भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । निर्वाचनमा खुट्टामा पैसा राखेर ढोगेर भाइरल बन्नुभएका वडा अध्यक्ष खनालले घरमै पुगेर भत्ता वितरण गर्नुभएको हो । पहिला बैंकसम्म जाँदा धेरै हैरानी र […]

भिरमा अड्किएका व्यक्तिकाे सशस्त्र प्रहरीले उद्धार गर्‍याे

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ सिमखेतकाे भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले हिजाे शनिवार उद्धार गरेकाे छ ।   सिन्धुपाल्चाेककै हेलम्बु गाँउपालिका १ तिम्बुका ३५ वर्षीय छिरिङ शेर्पा गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट तल मेलम्ची खोलामाथिको भिरमा अड्किनुभएकाे थियाे । त्यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोली खटेर उहाँकाे उद्धार गरेको हो ।

सशस्त्र प्रहरीद्वारा भिरमा अड्केका युवकको उद्दार

सशस्त्र प्रहरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका युवकको उद्दार गरेको छ । हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा शनिवार बाटो हिँड्दा चिप्लिएर लडेर भिरमा अड्किएका थिए ।गोरेटोबाट चिप्लिएर ५० मिटर तल मेलम्ची खोलामाथिको भिरमा अड्किएका शेर्पाको उद्दार गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । उद्दारमा सशस्त्र प्रहरी बल नेपाल खानेपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीको टोली सहभागी रहेको थियो ।

मेलम्ची खानेपानीमा काम गर्न नदिने बाढीपीडितको चेतावनी

सिन्धुपाल्चोक । आफ्ना माग पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम हुन नदिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले बताएको छ । आयोजनाको कार्यकारी निर्देशक वासुदेव पौडेललाई मंगलवार विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सरोकार समितिले स्थानीय बाढीपीडित समुदायको साझा माग कार्यान्वयनका चरणमा जाने सुनिश्चितता नभएसम्मका लागि मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गराउने चेतावनी दिएको हो । माघ २० गतेबाट आयोजनाको काम पूर्णरूपमा बन्द गरिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिका अध्यक्ष भरत थापाले बताए । ‘हामीले स्थानीयको माग पूरा नभए माघ २० गतेबाट पूर्णरूपमा आयोजनाको काम बन्द गर्ने जानकारी मेलम्ची खानेपानी आयोजना, एशियाली विकास बैंक र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई जानकारी गराएका छौं,’ थापाले भने । बाढीपीडित, मेलम्ची खानेपानी आयोजना प्रभावित एवम् सरोकारवाला निकायबीच हेलम्बुको किउल बगरमा माघ २० गते सडक सार्वजनिक सुनुवाइ गरी आयोजनाको काम बन्द गरिने उनको भनाइ छ । बाढीपहिरो गएको ९ महीना पुग्न लाग्दासमेत पीडित एवम् प्रभावित क्षेत्रमा काम गर्नुपर्ने जिम्मेवार र सरोकारवाला निकायको बेवास्ता र गैरजिम्मेवारीपन देखाएका कारण बाध्य भएर आयोजनाको काम बन्द गराउनुपर्ने अवस्था आएको थापाले बताए । समितिले सुरुङको मुहान सफा गर्दा निस्किएका ढुंगा, बालुवा, गिट्टी सुरक्षित स्थानमा भण्डारण गर्नुपर्ने, आयोजना पथान्तरणको काम शुरू हुनुपूर्व नै सरोकारवाला समिति, समुदाय तथा बाढीपीडितबाट उठाइएका लेबीलगायत दीर्घकालीन विकासका लागि भएको सम्झौता पालना गर्नुपर्ने, बाढीबाट विस्थापित समुदायलाई तत्काल वैकल्पिक व्यवस्थासहित दीर्घकालीन आवास र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । मेलम्ची नदी तटीय क्षेत्रका बाँकी घरबस्ती तथा खेतीयोग्य जमीन संरक्षणका लागि आवश्यक उपकरणसहित बजेटको प्रबन्ध गर्नुपर्ने, मुहान जोड्ने मेलम्ची–तिम्बु सडकलाई वर्षायाममा पनि सञ्चालन हुनेगरी तत्कालै स्तरोन्नति गर्नुपर्ने, मेलम्ची नदीको उद्गम स्थल जलाधार क्षेत्रदेखि तल्लो तटीय स्थानको पुनर्निर्माण एवम् जोखिम न्यूनीकरणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने माग सरोकार समितिले राखेको छ । समितिले बुझाएको मागसहितको ज्ञापनपत्र बुझ्दै आयोजनाको कार्यकारी निर्देशक पौडेललाई मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अम्बाथान र आयोजनाका अन्य भौतिक संरचना पुनर्निर्माण शुरू भएकाले स्थानीयको मागलाई क्रमैसँग पूरा गर्दै लैजाने बताए । ‘हामी क्रमिक रूपमा काम गरिरहेका छौं, स्थानीयले पनि आयोजनालाई सहयोग गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘बन्द मात्रै समस्याको समाधान होइन, स्थानीयको माग सम्बोधन गर्ने प्रयत्न गछौं ।’ मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्‍याउनुको मूल कारण अम्बाथानमा आयोजनाले ठूलो मात्रामा जम्मा गरेको सिमेन्ट, डन्डी, केमिकललगायत निर्माण सामग्री, हेभी इक्युप्मेन्ट, आयोजना स्थलमा थुपारिएका कच्चा सामग्री एवम् अव्यवस्थित रूपमा डम्प गरिएको मकिङजस्ता वस्तुका कारण भएको समितिले निक्र्यौल निकालेको छ । आयोजनाले बाढी प्रभावितहरूको जिउधनको सुरक्षा, विस्थापितहरूको व्यवस्थित पुनःस्थापना, स्थानान्तरण एवम् पीडित परिवारको जीविकोपार्जनका निम्ति मासिएका जग्गाजमीनको पुनर्निर्माण, तटीय क्षेत्रका जोखिम बस्ती, खेतबारी तथा व्यक्तिगत तथा सार्वजनिक सम्पतिको संरक्षण एवम् क्षतिग्रस्त सडक, सिँचाइ, विद्यालय भवन, शवदाह गृह, मन्दिरलगायत सार्वजनिक पूर्वाधारको पुनर्निर्माण गर्नुपर्नेमा सरोकार समितिले जोड दिएको छ । असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर क्षति पुर्‍याएपछि आयोजनाको पुनर्निर्माण गरी पानी पथान्तरणको काम गर्न सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ । आयोजना मर्मत गर्न सरकारले ३६ करोड बजेट विनियोजन गरेपछि ठेक्का पाएको हाइड्रोले पुनर्निर्माणको कामसमेत शुरू गरिसकेको छ ।

बाढीपहिरो पीडितको माग पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरिने

माघ १८, सिन्धुपाल्चोक । आफ्ना मागहरु पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गर्ने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले जानकारी दिएको छ । आयोजनाको कार्यकारी निर्देशक बासुदेव पौडेललाई मंगलवार विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सरोकार समितिले स्थानीय बाढीपीडीत समुदायको साझा मागहरु कार्यान्वयनका चरणमा जाने सुनिश्चितता नभएसम्मका लागि मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गर्ने बताएको हो । माघ २० गतेबाट आयोजनाको काम पूर्ण रुपमा बन्द गरिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिका अध्यक्ष भरत थापाले बताए । ‘हामीले स्थानीयको माग पूरा नभए माघ २० गतेबाट पूर्ण रुपमा आयोजनाको काम बन्द गर्ने जानकारी मेलम्ची खानेपानी आयोजना, एशियाली विकास बैंक र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई जानकारी गराएका छौं’, थापाले भने । बाढी पीडित, मेलम्ची खानेपानी आयोजना प्रभावित एवम् सरोकारवाला निकायबीच हेलम्बुको किउल बगरमा माघ २० गते सडक सार्वजनिक सुनुवाई गरी आयोजनाको काम बन्द गरिने उनको भनाइ छ । बाढी पहिरो गएको ९ महीना पुग्न लाग्दासमेत पीडित एवम् प्रभावित क्षेत्रमा काम गर्नुपर्ने जिम्मेवार र सरोकारवाला निकायको बेवास्ता र गैर जिम्मेवारीपन देखाएका कारण बाध्य भएर आयोजनाको काम बन्द गर्नुपर्ने अवस्था आएको थापाले बताए । समितिले सुरुङको मुहान सफा गर्दा निस्किएका ढुंगा, बालुवा, गिट्टी सुरक्षित स्थानमा भण्डारण गर्नुपर्ने, आयोजना पथान्तरणको काम शुरु हुनु पुर्व नै सरोकारवाला समिति, समुदाय तथा बाढी पीडीतबाट उठाइएका लेवीलगायतका दीर्घकालीन विकासको लागि भएको सम्झौता पालना गर्नुपर्ने, बाढीबाट विस्थापित समुदायलाई तत्काल बैकल्पिक व्यवस्थासहित दीर्घकालीन आवास र पुर्नस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । त्यस्तै, मेलम्ची नदी तटीय क्षेत्रका बाँकी घरबस्ती तथा खेतियोग्य जमिन संरक्षणका लागि आवश्यक उपकरणसहित बजेटको प्रबन्ध गर्नुपर्ने, मुहान जोड्ने मेलम्ची–तिम्बु सडकलाई वर्षायाममा पनि सञ्चालन हुनेगरी तत्कालै स्तरोन्नति गर्नुपर्ने, मेलम्ची नदीको उद्गम स्थल जलाधार क्षेत्रदेखि तल्लो तटीय स्थानको पुनर्निर्माण एवम् जोखिम न्यूनीकरणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने माग सरोकार समितिले राखेको छ । समितिले बुझाएको मागसहितको ज्ञापनपत्र बुझ्दै आयोजनाको कार्यकारी निर्देशक पौडेललाई मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अम्वाथान र आयोजनाका अन्य भौतिक संरचना पुनर्निर्माण शुरु भएकोले स्थानीयको मागलाई क्रमैसँग पूरा गर्दै लैजाने बताए । ‘हामी क्रमिक रुपमा काम गरिरहेका छौं, स्थानीयले पनि आयोजनालाई सहयोग गर्नुपर्ने हुन्छ’, उनले भने ‘बन्द मात्रै समस्याको समाधान होईन, स्थानीयको माग सम्बोधन गर्ने प्रयत्न गछौं ।’ पौडेलले आयोजनाको काम बन्द नगर्न आग्रह गरेपनि आयोजनाले स्थानीयको मागलाई कहिल्यै पनि ध्यान नदिएको कारण माग पूरा हुने सुनिश्चितता नभएसम्म आयोजनाको काम बन्द गर्ने सरोकार समितिका सचिव अर्जुन भण्डारीले बताए । ‘अघिल्लो वर्षायाममा आएको बाढीको चोट र पीडाको खाटो बस्न नपाउँदै अर्को वर्षायाम आउनै लागेको छ,’ उनले भने ‘आयोजनाको बेवास्ता र गैरजिम्मेवारीपनले आगामी दिनहरुमा यस क्षेत्रको स्थानीयले थप विपत्तिसहितको अनेकन समस्याको सामना गर्नुपर्ने अवस्था सिर्जित छ ।’  मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्‍याउनुको मुल कारण अम्बाथानमा आयोजनाले ठूलो मात्रामा जम्मा गरेको सिमेन्ट, डण्डी, केमिकललगायतका निर्माण सामग्री, हेभी इक्युमेन्ट, आयोजना स्थलमा थुप्राइएका कच्चा सामग्री एवम् अव्यवस्थित रुपमा डम्प गरिएको मकिङजस्ता वस्तुको कारण भएको समितिले निक्र्यौल निकालेको छ । आयोजनाले बाढी प्रभावितहरुको जीउधनको सुरक्षा, विस्थापितहरुको व्यवस्थित पुर्नस्थापना, स्थानान्तरण एवम् पीडित परिवारको जीविकोपार्जनका निम्ति मासिएका जग्गाजमिनको पुनर्निर्माण, तटीय क्षेत्रका जोखिम बस्ती, खेतबारी तथा व्यक्तिगत तथा सार्वजनिक सम्पतिको संरक्षण एवम् क्षतिग्रस्त सडक, सिँचाइ, विद्यालय भवन, शवदाह गृह, मन्दिरलगायतका सार्वजनिक पूर्वाधारको पुनर्निर्माण गर्नु पर्नेमा सरोकार समितिले जोड दिएको छ । असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिरोले गम्भीर क्षति पु¥याएपछि आयोजनाको पुनर्निर्माण गरी पानी पठान्तरणको काम गर्न सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ । आयोजना मर्मत गर्न सरकारले ३६ करोड बजेट विनियोजन गरेपछि ठेक्का पाएको हाईड्रोले पुनर्निर्माणको काम समेत शुरु गरिसकेको छ ।

तस्बिरमा हेर्नुहाेस् प्रधानमन्त्री ओलीको मेलम्ची र हेलम्बु दाैडाहा

सिन्धुपाल्चोक – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकन गर्नुभएको छ । अवलोकनपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले विपद्बाट जनधनको दीर्घकालीन सुरक्षा गर्नका लागि सुरक्षित ठाउँमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने बताउनुभएको छ । ‘यहीँ ठाउँमा त्यसैगरी उस्तै बस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिस नगरौँ । किनभने दुई÷चार वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ&rsq...

मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

इन्द्रावती क्षेत्रको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी विज्ञहरुसहितको अन्तक्र्रिया कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा प्रकोप विज्ञ, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय प्रमुखको सहभागिता थियो ।कार्यक्रममा भूगर्भविद डा.रञ्जनकुमार दाहालले चार वर्षअघि मेलम्ची क्षेत्रमा गर्नुभएको अध्ययनसमेत प्रस्तुतिमा जोड्दै मेलम्ची नदी किनारका बस्ती जोखिम रहेको सोही बेला नै जानकारी दिएको बताए । उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय&n

मेलम्ची-इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

सिन्धुपाल्चोक । इन्द्रावती क्षेत्रको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी विज्ञहरुसहितको अन्तक्र्रिया कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा प्रकोपविज्ञ, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय प्रमुखको सहभागिता थियो । कार्यक्रममा भूगर्भविद् डा रञ्जनकुमार दाहालले चार वर्षअघि मेलम्ची क्षेत्रमा गरेको अध्ययनसमेत प्रस्तुतिमा जोड्दै मेलम्ची नदी किनारका बस्ती जोखिम रहेको सोही बेला नै जानकारी दिएको […]

हेलम्बु र मनाङका बाढीपहिरोपीडितसम्म पुगेन सरकार

मेलम्ची बाढीले पुर्‍याएको क्षतिमध्ये ७५ प्रतिशत हेलम्बु क्षेत्रमा पर्छ, तर अहिलेसम्म सिडिओ, सुरक्षा निकायका प्रमुख, संघीय मन्त्री, दलका नेता हेलम्बु पुगेनन्, मेलम्चीमै बसेर तथ्यांक लिँदै पाँच दिनपछि आइतबार मेलम्ची खोलाको बाढी...

मुहार फेर्दै पोखराको ‘मेलम्ची’

पोखराका मुख्य–मुख्य स्थानमा यतिखेर जता हेर्‍यो त्यतै सडक खनिरहेको पाइन्छ तर अत्यन्तै व्यवस्थित तवरले काम हुने गरेको छ । ट्राफिक जाम हुन नदिन विशेष सतर्कता अपनाइन्छ । सडक छेउमा घेरो लगाइन्छ, कामदार सबैले सुरक्षा विधि अपनाउँछन् र अत्याधुनिक मशिनको सहयोगमा शारीरिक परिश्रम खन्याउँछन् । पोखरा शहरमा यसरी विभिन्न १५ स्थानमा काम भइरहेको छ । हरेक स्थानमा इन्जिनीयर, सेफ्टी, फोरमेन लगायत गरी कम्तीमा १५ जना छन् । यसरी कूल २२५ जना बढीले एकैपटक धमाधम काम गरिररहेका छन् ।  यो हो – पोखरेलीलाई शुद्ध खानेपानी ...