सिन्धुपाल्चोक – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकन गर्नुभएको छ । अवलोकनपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले विपद्बाट जनधनको दीर्घकालीन सुरक्षा गर्नका लागि सुरक्षित ठाउँमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने बताउनुभएको छ । ‘यहीँ ठाउँमा त्यसैगरी उस्तै बस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिस नगरौँ । किनभने दुई÷चार वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ&rsq...