भिरमा अड्किएका व्यक्तिकाे सशस्त्र प्रहरीले उद्धार गर्‍याे

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ सिमखेतकाे भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले हिजाे शनिवार उद्धार गरेकाे छ ।   सिन्धुपाल्चाेककै हेलम्बु गाँउपालिका १ तिम्बुका ३५ वर्षीय छिरिङ शेर्पा गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट तल मेलम्ची खोलामाथिको भिरमा अड्किनुभएकाे थियाे । त्यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोली खटेर उहाँकाे उद्धार गरेको हो । 

सम्बन्धित सामग्री

विष्णुमतीमा हाम फालेका व्यक्तिको उद्धार

३० साउन, काठमाडौं । विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ । आइतबार साँझ साढे ७ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु चोक नजिक पुलबाट खोलामा हाम फालेका अपरिचित व्यक्तिको प्रहरीले उद्धार गरेको हो । करिब ४०/४५ वर्षीय पुरुषले खोलामा हाम फालेपछि तत्कालै घटनास्थल पुगेर प्रहरी टोलीले उद्धार गरेको हो । ती व्यक्तिको वीर अस्पतालमा […]

लेक लागेर बेहोस भएका तीन जनाको प्रहरीले गर्‍यो सकुशल उद्धार

काठमाडौं : लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागि बेहोस भएका थिए। बेहोस हुनेहरुमा नुवाकोट ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र…

भिरमा अड्किएका एक जनाको प्रहरीले गर्‍यो उद्धार

काठमाडौं : भिरमा अड्किएका एक जना युवकको प्रहरीले उद्धार गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। हेलम्बु गाउँपालिका-१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए। सशस्त्र प्रहरी बल…

जोखिममा रहेका दुई बालिकाको रौतहटबाट उद्धार

रौतहट : प्रहरीले जोखिममा रहेका दुई बालिकाको उद्धार गरेको छ। मंगलबार जिल्लाको गौर नगरपालिका– ५ स्थित नेपाल–भारत मैत्री अनाथ आश्रमबाट अत्यधिक जोखिममा रहेका बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको हो। अन्दाजी वर्ष १३ की मनिषा कुमारी र ७ वर्षकी खुसीकुमारीको उद्धार गरी अस्थायी संरक्षण केन्द्रका कार्यक्रम संयोजक मुकेश कुशवहालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतल

अपहरित १ वर्षीया बालिकाको उद्धार

काठमाडौं, ४ असार । विराटनगरबाट अपहरित बालिकाको प्रहरीले उद्धार गरेको छ। रोडरोष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट मंगलबार उद्धार गरेको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालयको क्षेत्रिय अपराध अनुसन्धान समुह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले बालिकाको उद्धार गरेको हो । प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न २ बजे पत्रकार […]

चन्द्रागिरि जङ्गलमा हराएका ३ जना विदेशी नागरिकको प्रहरीले गर्‍याे उद्धार

काठमाण्डाै – प्रहरीले काठमाण्डौको चन्द्रागिरि जङ्गलबाट तीन जना विदेशी नागरिकको उद्धार गरेको छ ।  हिजो शनिवार बेलुका झन्डै ७ बजेतिर तीन जना विदेशी चन्द्रागिरिको जङ्गलमा हराइरहेको सूचना आएपछि प्रहरी वृत्त थानकोटबाट टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित प्रहरी परिचालन भएको थियो । खोज्दै जाँदा थानकोटबाट सात किलोमिटरमाथि थानकोट–चित्लाङ सडकबाट एक सय मिटर तल भिरमा फसेको अवस्थामा उनीहरू भेटिएका प्रहरीले जनाएको छ ।  हराएका एक जना अमेरिकी र दुई जना भारतीयलाई राति डोरीको सहायताले उद्धार गरेर प्रह...

सशस्त्र प्रहरीले गर्‍यो सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको उद्धार

सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको हो । झापाको कमल गाउँपालिका-५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए । उनलाई तत्कालै सशस्त्र प्रहरी […]

तीन बालिका र एक बालकको उद्धार

सिन्धुलीमा उद्धार गरिएका एक बालक र तीन बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । आज प्रहरीले बालबालिका अभिभावकको जिम्मा लगाएको हो । हिजो साँझ बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरबाट उद्धार गरिएका बालबालिकालाई प्रहरीले आज अभिभावकको जिम्मा लगाएको हो ।     जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा डेरा बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–२, दुधौली नगरपालिका–१ र लमजुङको मस्र्याङ्दी गाउँपालिका...

ग्वाटेमालामा कन्टेनरमा थुनिएका आप्रवासीमा नेपाली पनि, प्रहरीले गर्‍यो उद्धार

ग्वाटेमालामा प्रहरीले शनिवार सडकको किनारमा रहेको एक शिपिङ कन्टेनरमा राखिएका आप्रवासीहरूलाई प्रहरीले उद्धार गरेको खबर बीबीसीले दिएको छ ।  ती आप्रवासीहरूमा नेपाली पनि थिए ।  उनीहरूलाई नुएभा कन्सेप्सियोन र कोकालेस शहरको बीचमा रहेको स्थानबाट उद्धार गरिएको हो । कन्टेनरबाट मानिसहरू चिच्याएको आवाज आएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।  उनीहरूलाई मानवतस्करहरूले परित्याग गरेको ग्वाटेमालाका अधिकारीहरूको विश्वास छ । उनीहरूलाई मेक्सिकोको बाटो हुँदै अमेरिका पुर्‍याउन खोजिएको थियो ।  ...

आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार

इनरुवा । सप्तकोसी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोसी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार […]