काठमाडौं : नेपाल शिक्षक महासंघले गत वैशाख १९ गते विभिन्न माग राख्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्यो। सरकारले संघीय शिक्षा ऐन जारी गराउने, तलब बृद्धिलगायत माग कार्यान्वयन नगरेको भन्दै वैशाख २० देखि ३१ गतेसम्म शिक्षा मन्त्रालय, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय इकाई हुँदै स्थानीय सरकारसमक्ष विरोधपत्र बुझायो। गत असारमा ३४ सूत्रीय माग राखेर महासंघले डिजिटल माध्यमबाट आन्दोलन जारी राख्यो। महासंघका पदाधिकारीले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष