विराटनगर : सर्वोच्च अदालतले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई सरकारका निर्देशन कार्यान्वयन नगर्न आदेश दिएको छ। गत पुस ३० गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरि प्रतिष्ठानका बहालवाला पदाधिकारीहरूलाई काम गर्न सरकारले रोक लगाएको थियो।प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले हालेको रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो। प्रतिष्ठानका उप