राजस्व वृद्धि हुने आधार देखिएन : शङ्कर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजस्व वृद्धि हुने वस्तुहरूको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटका सम्बन्धमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले राजस्व वृद्धि हुने वस्तुहरूको धेरै आयातका कारण आगामी वर्ष राजस्व...

सम्बन्धित सामग्री

एमाले प्रतिपक्षमा बस्छ : महासचिव शङ्कर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने स्पष्ट पारे । “एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उनले भने, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच […]

यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका छन् । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउने बताएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै महासचिव पोखरेलले […]

निर्वाचन नराउन महाभियोग प्रस्ताव दर्ता गरिएको एमाले महासचिवको आरोप

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल शसमयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : शङ्कर पोखरेल

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शङ्कर पोखरेलले सर्वोच्च अदालतको आदेशबाट संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको टिप्पणी गर्नुभएको छ ।  अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदूर भविष्यसम्म नेपाल र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहाेर्नुपर्ने भयाे ।    सर्वाेच्च अदालतले साेमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै स...

कार्यदल बैठक छोडेर शङ्कर पोखरेल बाहिरिए, भने - प्रयास जारी छ

नेकपा एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ । चार घण्टादेखि जारी बैठकबाट कार्यदल सदस्य शङ्कर पोखरेल भने बाहिरिएका छन् । छलफल जारी रहेकै बेला पोखरेल भने बैठक छोडेर बाहिरिएका हुन् ।उनले सहमतिका लागि प्रयास जारी रहेको भन्दै सम्भवतः आजै विवाद टुङ्गिने बताए । ‘हामी सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौ । सम्भवतः आजै हामी टुङ्ग्याउँछौ’, पोखरेलले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।पार्टी विवाद मिलाउन कार्यदलको बैठक गत सोमबारदेखि लगातार बस्दै आएको छ ।&

भेरी अस्पतालको घटनाका दोषीलाई कारबाही हुन्छः शङ्कर पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पताल घटनाका दोषीलाई कारबाही हुने बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरिनेसमेत प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविनगरी दोषीमाथि कारबाही हुनेछ । कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि […]

राजीनामा दिएको केही घण्टामै शङ्कर पोखरेल पुनः बने मुख्यमन्त्री

बुटवल। एमाले नेता शङ्कर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।