काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने स्पष्ट पारे । “एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उनले भने, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच […]
कास्की - नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनलाई चुनावसम्म जाेगाउन नेताहरु भारत भ्रमणमा गएका दाबी गर्नुभएकाे छ ।
प्रेस चैतारी गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आउँदाे सङ्घीय र प्रदेशकाे चुनावसम्म गठबन्धन टिकाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा भारत भ्रमणमा गएकाे दाबी गर्नुभएकाे हाे।
उहाँले नेपालको राजनीतिलाई खण्ड गर्ने काम भएको बताउँदै आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आ...
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका छन् । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउने बताएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै महासचिव पोखरेलले […]
काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शङ्कर पोखरेलले सर्वोच्च अदालतको आदेशबाट संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको टिप्पणी गर्नुभएको छ ।
अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदूर भविष्यसम्म नेपाल र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहाेर्नुपर्ने भयाे ।
सर्वाेच्च अदालतले साेमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै स...
नेकपा एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ । चार घण्टादेखि जारी बैठकबाट कार्यदल सदस्य शङ्कर पोखरेल भने बाहिरिएका छन् । छलफल जारी रहेकै बेला पोखरेल भने बैठक छोडेर बाहिरिएका हुन् ।उनले सहमतिका लागि प्रयास जारी रहेको भन्दै सम्भवतः आजै विवाद टुङ्गिने बताए । ‘हामी सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौ । सम्भवतः आजै हामी टुङ्ग्याउँछौ’, पोखरेलले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।पार्टी विवाद मिलाउन कार्यदलको बैठक गत सोमबारदेखि लगातार बस्दै आएको छ ।&
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पताल घटनाका दोषीलाई कारबाही हुने बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरिनेसमेत प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविनगरी दोषीमाथि कारबाही हुनेछ । कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि […]