राजीनामा दिएको केही घण्टामै शङ्कर पोखरेल पुनः बने मुख्यमन्त्री

बुटवल। एमाले नेता शङ्कर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

सम्बन्धित सामग्री

गठबन्धनमा आबद्ध दललाई मन्त्रीको भाग पुर्‍याउन मन्त्रालयको सङ्ख्या १३ पुर्‍याइयो

बुटवल । लुम्बिनी प्रदेश सरकारले १३ वटा मन्त्रालय बनाएको छ । शङ्कर पोखरेल नेतृत्वको सरकारमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय रहेकामा आइतबार १३ पुर्‍याइएको हो । जसअनुसार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका […]

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् ।निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो । नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअध

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्यादसमेत थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट […]

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

राजीनामा दिन सर्वोच्चको आदेश पर्खिँदै मुख्यमन्त्री पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल तत्काल राजीनामा नदिने भएका छन् । स्रोतका अनुसार बुधवार एमाले प्रदेश संसदीय दलको बैठकले सर्वोच्चको आदेश नआउँदासम्म मुख्यमन्त्रीले राजीनामा नदिने निर्णय गरेको हो । साउन १९ गते विपक्षी गठबन्धनका ३४ प्रदेशसभा सदस्यले सरकारविरुद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । उक्त मागअनुसार बुधवार १ […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिने भएका छन् । स्रोतका अनुसार प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दै छ । सरकारका प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले यसअघि मङ्गलवार बेलुका बुधवार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए । अधिवेशन सुरु […]

मुख्यमन्त्री पोखरेलले विश्वासकाे मत लिने

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विश्वासको मत लिन तयार हुनुभएको छ । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार देखिनुभएको हो । ‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’, सरकारका प्रवक्ता बैजनाथ चौधरीले भन्नुभयो ।प्रदेश सरकारले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चौधरीले भन्नुभयो, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि सुरु भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपा...

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : शङ्कर पोखरेल

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शङ्कर पोखरेलले सर्वोच्च अदालतको आदेशबाट संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको टिप्पणी गर्नुभएको छ ।  अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदूर भविष्यसम्म नेपाल र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहाेर्नुपर्ने भयाे ।    सर्वाेच्च अदालतले साेमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै स...

भेरी अस्पतालको घटनाका दोषीलाई कारबाही हुन्छः शङ्कर पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पताल घटनाका दोषीलाई कारबाही हुने बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरिनेसमेत प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविनगरी दोषीमाथि कारबाही हुनेछ । कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा आज स्वीकृत भएको छ। सम्बन्धित समाचार : मुख्यमन्त्री शङ्कर पोखरेल दिए राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले राजीनामा स्वीकृत गरिदिएका हुन् ।