काठमाडौं, १८ साउन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एमाले) को माधव नेपाल समूह र जनमोर्चा सम्मिलित दलको गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले आज मन्त्रिपरिषद विस्तारबारे निर्णय लिने बुझिएको छ । उक्त बैठकमा माधव नेपाल समूहबाट पनि एक जना नेता सहभागी भएको बताईएको छ […]