कोरोना भाईरस संक्रमणको रोकथामका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई गाउँपालिकाले प्रोत्साहन भत्ता दिने भएको छ । जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका कार्यपालिकाको बैठकले उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई एक महिनाको तलब बराबरको प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
कार्यपालिकाको बैठकले दैनिक रुपमा क्वारन्टाईनमा खटिने तथा थपसेवा प्रदानगर्ने स्वास्थ्यकर्मीहरुलाई खाना खाजा वापत दैनिक ५ सय रूपियाँ भत्ता उपलब्ध गराउने भएको गाउँपालिकाका उपाध्यक्ष सविता राईले जानकारी दिनुभयो ।