आयुर्वेद चिकित्सालय (अस्पताल) नरदेवीका निर्देशक डा.प्रदीप केसीले आफ्नै तजबिजमा प्रोत्साहन भत्ता वितरण गर्दै आएको पाइएको छ । निःशुल्क उपचार व्यवस्था भनिएको अस्पतालमा विभिन्न शीर्षकमा बिरामीसँग शुल्क असुल्दै निर्देशक केसीले आफू निकट कर्मचारीलाई प्रोत्साहन भत्ताको नाममा रकम बाँडेको पाइएको हो ।प्रोत्साहन भत्ता वितरण गर्ने कुनै प्रावधान सो अस्पतालले नबनाए पनि करिब एक वर्षदेखि यसरी रकम वितरण हुँदै आएको कर्मचारीहरु बताउँछन् । २०७८ भदौ २९ गतेदेखि हालसम्म ६ पटक त्यस्तो रकम वितरण भइसकेको छ ।अस्पतालले जेठ