राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलका कारण जनताको आँखामा आँसु आउने अवस्था आएको बताएका छन् । उनले देश बनाउनुभन्दा पनि भ्रष्टचार गर्नेहरु धेरै भएका कारणले मुलको विकास हुन नसकेको जिकिर गरे । राप्रपाले बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले ठूला भनिएका राजनीतिक दलहरुले नेपाललाई असफल बनाएर नागरिकमा चरम निराशा उत्पन्न गराएको कारणले अर्को शक्तिको रुपमा आफ्नो पार्टी आएको बताए । उनले देश र धर्म बचाउनका लागि स्थानीय तहको निर्वाचनमा होमिएको भन्दै भ्रष्टा