राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन्। राप्रपा केन्द्रीय सदस्यका उम्मेदवार रवीन्द्रप्रताप शाहले विजेता लिङ्देनले एक हजार ८१७ मत ल्याएर राप्रपा अध्यक्षमा विजयी भएको जानकारी दिए। अर्का अध्यक्ष उम्मेदवार थापाले भने एकहजार ६१७ मतमात्रै पाए। निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा […]

सम्बन्धित सामग्री

कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले  साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजीनामा दिएकी हुन् ।राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।केही दिनअघि थापाका भतिजा अभिषेक थापाले पनि राप्रपा परित्याग

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतीतिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे...

राप्रपा अध्यक्ष लिङ्देन भोलि भैरहवा आउने

२० चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरु सोमबार भैरहवामा आउने भएका छन् । राप्रपा रुपन्देहीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेनसहितका नेताहरु भैरहवा आउने भएका हुन् । आमसभालाई लिङ्देनसहित उपाध्यक्ष ध्रुवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, नेता निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही र […]

राप्रपा नेपालको अध्यक्ष बनेपछि कमल थापाकाे प्रतिक्रिया : ‘घर फर्किएका छौँ’

काठमाण्डाै – राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिनुभएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिनुभएको छ ।लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहनुभएका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो । राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष हुनुभएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताउनुभएको छ ।थापाल...

एकताको प्रस्ताव बोकेर रवीन्द्र मिश्र भेट्न पुगे राप्रपा अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार बिहान उनकै निवासमा पुगेका हुन् । सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ । मिश्रसँगको भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताए । ‘समान विचारधारा भएकाहरूसँग

राप्रपा अध्यक्ष लिङ्देन र एमाले नेता खरेलबीच भेटवार्ता

७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच भेटवार्ता भएको छ । अध्यक्ष निर्वाचित भएपछि जिल्ला पुगेका लिङ्देनसँग झापामै रहेका खरेलले भेट गरेका हुन् । भेटमा राष्ट्रियसभा निर्वाचनमा दुई पार्टीको गठबन्धनबारे पनि छलफल भएको बताइएको छ । एमाले झापा इन्चार्ज खरेलले भने आफूले लिङ्देनलाई अध्यक्षमा निर्वाचित भएकोमा […]

जितपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। अध्यक्षका प्रतिष्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन्। नवनिर्वाचित लिङ्देनले आज...

राप्रपा अध्यक्षमा कमल थापा भर्सेस राजेन्द्र लिङ्देन

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आज अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका प्रभावशाली नेताहरु बुद्धिमान तामाङ, दिपक बोहरा, ध्रुवबहादुर प्रधानलगायत सहभागी थिए […]