प्रदेश १ :  प्रदेशसभाको बैठक फागुन १५ देखि सुरु हुने

विराटनगर : लामो समयदेखि स्थगित रहेको प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ।दिनको १ बजे बैठक बस्ने तयारी रहेकोे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।गत मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए।

सम्बन्धित सामग्री

प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान

मकवानपुर, ११ फागुन । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आज आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस

प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते, नामकरणको प्रस्ताव आउला ?

प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सो दिन दिउँसो १ बजे बैठक बस्ने बताए ।  बैठकमा नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ । सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो । अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ । गएको मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन

साढे तीन महिनापछि बोलाइयो प्रदेशसभा बैठक

प्रदेश १ सभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि बोलाएको छ । बिजनेस अभावमा प्रदेशसभा बैठक अन्योल भएको भन्दै आलोचना हुन थालेपछि फागुन १५ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

प्रदेश–१ प्रदेशसभाको बैठक फागुन १५ गते बस्ने

विराटनगर । प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही फागुन १५ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक उक्त दिन दिउँसो १ बजे बस्ने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । गएको मंसिर १ गते अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । त्यसयता बैठक बसेको छैन । “मिति...

साढे तीन महिनापछि बोलाइयो प्रदेशसभा बैठक

प्रदेश १ सभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि बोलाएको छ ।  बिजनेस अभावमा प्रदेशसभा बैठक अन्यौल भएको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना हुन थालेपछि फागुन १५ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।