प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सो दिन दिउँसो १ बजे बैठक बस्ने बताए । बैठकमा नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ । सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो । अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ । गएको मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन