रुसमा सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध

रुसले सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । इन्टरफ्याक्स न्युज एजेन्सीका अनुसार रुसको डिजिटल विकास मन्त्रालयले एप्पलका अन्य उत्पादन आइबुक, ट्याबलेट प्रयोगमा पनि रोक लगाएको छ । यी डिभाइसबाट सरकारी काम गर्न नसकिने हुँदा प्रतिबन्ध लगाइएको हो ।  संघीय सुरक्षा सेवा (एफएसबी)ले एप्पलका डिभाइसमार्फत अमेरिकाले रुसको जासुसी गरेको आरोप लगाएको छ । दुई महिनाअघि...

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ २१ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ७ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ। सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको […]

म पनि व्यक्तिगत रूपमा च्याटजीपीटी चलाउँछु : एप्पल प्रमुख टिम कुक

कम्पनीका महत्त्वपूर्ण सूचनाहरू चुहावट हुनसक्ने खतरा रहेको भन्दै आइफोन निर्माता एप्पल इंकले आफ्ना कर्मचारीलाई च्याटजीपीटीको प्रयोगमा कडाइ गरेको छ । तर कम्पनीका प्रमुख टिम कुकले भने व्यक्तिगत प्रयोजनका लागि आफूले च्याटजीपी प्रयोग गर्ने गरेको खुलासा गरेका छन् । सिलिकन भ्याली र अन्य क्षेत्रका ठूला प्रविधि कम्पनीहरू आक्रामक रूपमा एआई प्रविधिको विकास र विस्तारमा लागेको र तीव्र प्रतिकृया दिइरहँदा एप्पलसँग सम्बन्धित व्यक्तिहरूले भने यस विषयमा कमै सार्वजनिक भनाइहरू राख्ने गरेका छन् ।

कर्मचारीलाई सबैभन्दा धेरै तलब दिने बहुराष्ट्रिय कम्पनी बने अल्फाबेट र मेटा

जेठ २१, काठमाडौं । गत वर्ष अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गूगलको मातृ कम्पनी अल्फाबेट र फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना कर्मचारीहरुलाई औसत ३ लाख डलर तलब दिएका छन् । योसँगै यी दुई कम्पनी औसत कर्मचारीहरुलाई सबैभन्दा धेरै तलब खुवाउने कम्पनी बनेको वाल स्ट्रिट जर्नलको विश्लेषणले देखाएको छ । अमेरिकी अर्थतन्त्र बढेको र श्रम बजार कसिलो भएको अवस्थामा एस एन्ड पी ५०० मा सूचीकृत अधिकांश कम्पनीहरुको औसत तलब सुविधा बढेको पनि विश्लेषणमा पाइएको छ । औसत कर्मचारीहरुले १ लाख डलरभन्दा धेरै कमाउने कम्पनीको संख्या झन्डै १५० ओटा छ । एस एन्ड पीमा सूचीकृत कम्पनीमध्ये कर्मचारीलाई सबैभन्दा कम तलब खुवाउने कम्पनी चाँहि अटो पार्ट्स आपूर्तिकर्ता एप्टिभ हो । कम्पनीले मेक्सिकोमा रहेका आफ्ना फूलटाइम कर्मचारीलाई गत वर्ष ७ हजार ५०० डलरभन्दा कम तलब दिएको थियो । कर्मचारीहरुलाई ३० हजारभन्दा कम तलब दिने कम्पनीको संख्या ४४ रहेको छ । योमध्ये एप्टिभ पनि एक हो । उता, आइफोन निर्माता एप्पलले आफ्ना कर्मचारीको तलब गत वर्ष १८ प्रतिशतले बढाएको छ । तलबमा गरिएको यो वृद्धि सूचकांकमा रहेका अन्य कम्पनीको भन्दा निकै धेरै हो । गत वर्ष कुल ४५३ ओटा कम्पनीमध्ये २७८ ओटा कम्पनीका औसत तलबको आकार बढेको छ । गूगलले आफ्ना सबैभन्दा वरिष्ठ चार कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गरेको थियो । उनीहरुको न्यूनतम् तलब ६ लाख ५० हजार डलरबाट बढाएर १० लाख डलरमा पुर्‍याएको समाचार छापिएको थियो ।  एजेन्सीको सहयोगमा