कम्पनीका महत्त्वपूर्ण सूचनाहरू चुहावट हुनसक्ने खतरा रहेको भन्दै आइफोन निर्माता एप्पल इंकले आफ्ना कर्मचारीलाई च्याटजीपीटीको प्रयोगमा कडाइ गरेको छ । तर कम्पनीका प्रमुख टिम कुकले भने व्यक्तिगत प्रयोजनका लागि आफूले च्याटजीपी प्रयोग गर्ने गरेको खुलासा गरेका छन् । सिलिकन भ्याली र अन्य क्षेत्रका ठूला प्रविधि कम्पनीहरू आक्रामक रूपमा एआई प्रविधिको विकास र विस्तारमा लागेको र तीव्र प्रतिकृया दिइरहँदा एप्पलसँग सम्बन्धित व्यक्तिहरूले भने यस विषयमा कमै सार्वजनिक भनाइहरू राख्ने गरेका छन् ।